प्रशासन कार्यालय धादिङद्धारा तीजलाई तडकभडक गरेर नमनाउन आग्रह

धादिङ ।जिल्ला प्रशासन कार्यालय धादिङले हिन्दू नारीहरुको महान् चाड तीजलाई तडकभडक गरेर नमनाउन अनुरोध गरेको छ ।
एक सूचना जारी गरेर आउँदै गरेको तीजमा तडकभडक सहितका अत्यन्त खर्चिला कार्यक्रम र उछृङ्गल गतिविधि नगर्न अनुरोध गरेको हो ।

हरितालिका तीज लगायतका चाड पर्व मनाउने नाममा विगत केही वर्षयता विभिन्न प्रकारका उछृङ्गल गतिविधिले सभ्य संस्कृति ओझेलमा परि समाजमा विकृति, उछृङ्गलता र सामाजिक अपराधमा बृद्धि हुँदै गइरहेकाले आफ्नो धर्म, संस्कृति, परम्परा र सामाजिक रितिरिवाजलाई निरन्तरता दिन, संरक्षण र सम्वद्र्ध गर्न, मितव्यायी एवं सभ्य तरिकाले चाडपर्व मनाउन सम्पुर्ण जिल्लावासीहरुलाई सुचना मार्फत् अनुरोध गरिएको छ ।

चाडपर्वको नाममा प्रचलित कानुनले निषेध गरेका गतिविधिहरु नर्गन, कुनै प्रकारमा ठगी, महङ्गी, कृत्रिम अभाव, कालोबजारी नगर्न र जिल्ला प्रशासन कार्यालयको पुर्व स्वीकृति विना सार्वजनिक स्थलहरुमा मेला, महोत्सव लगायतका कार्यक्रमहरु संचालन नगर्न÷नगराउन पनि प्रशासनले अनुरोध गरेको छ ।

चाडपर्वलाई सभ्य तथा मर्यादित बनाउने तथा सामाजिक विकृति, विसङ्गति, र अपराध नियन्त्रण गरी सामाजिक अनुशासन एंव सदियौँदेखिको सामाजिक सद्भाव कायम गर्ने कार्यमा जिल्लाका राजनैतिक दल, नागरिक समाज, उद्योग व्यवसायी, पेशागत संघसंस्था,संचारकर्मी, महिला सन्जाल÷समुह तथा सम्पुर्ण जिल्लावासीहरुबाट सहयोगको अपेक्षा गरिएको सूचनामा उल्लेख छ । यदि कसैले सूचना तथा प्रचलित कानुनको बर्खिलाप हुने गरी कुनै प्रकारका गतिविधि गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही गरिने प्रशासनले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here