खनियाबासको प्रत्येक गाउँ-गाउँ पुगे माओवादी नेताहरु

    
 

धादिङ । ३ महिने ‘जनतासँग माओवादी रूपान्तरण अभियान’ का लागि धादिङका गाउँ-गाउँमा माओवादी नेताहरु पुगेका छन् ,धादिङ जिल्लाका १०४ वटै वडामा एक साथ उद्घाटन हुने माओवादी केन्द्र खनियाबास २ का नेता प्रेम तामाङले।

प्रेम तामाङ अहिले खनियाबास गाऊँपालिकामा माओवादी गाऊँगाऊँमा अभियानको प्रचारप्रसारमा व्यस्त छन ।उनी लगायतका नेताहरुले पनि अहिले फरक फरक वडामा अभियान चलाईरहेका छन।
कुन कुन वडामा कस्ले अभियानको नेतृत्व गर्दै

खनियाबास, प्रदेश कमिटी सदस्य मिम्बा तामाङ
खनियावास १ टिकाराम तामाङ
खनियाबास २ आशबहादुर तामाङ
खनियाबास ३ परेमबहादुर तामाङ
खनियाबास ४ मनिल तामाङ
खनियाबास ५ च्यावाराम तामाङ र युवराज सुनार छन।

जिम्मेवारी संगै खनियाबासमा १ मा विद्यालय सरसफाइ, २ मा गोरेटो बाटो सरसफाइ, ३ मा ल्यक्छे कुन्डामा पौडी खेल प्रतियोगिता, ४ मा वृक्षारोपण र ५ मा सडक खल्डखुल्डी पुरेर अभियना उद्घाटन गरिने भएको छ ।
‘घरघरमा माओवादी, जनजनमा माओवादी’ भन्ने नाराका साथ भदौं १६ बाट मंसिर १६ सम्म चल्ने माओवादीको बिशेष अभियानको भोली जिल्लाका १०४ वटै वडामा विविध कार्यक्रमका साथ उद्घाटन हुने परेम तामाङले बताएका हुन ।