बर्षौ देखि पुर्ननिर्माणको पर्खाइमा जोखिमयुक्त लापा गाउँको गुम्बा

धादिङ । २०७२ को भुकम्पले जोखिम युक्त बनेको रुबीभ्याली ५ लापाको नम्दा देछेन गुम्बा बर्षौ देखि पुर्न निर्माणको पर्खाइमा रहेकोे छ ।

२०३४ सालमा स्थापना भएकोमा भुकम्पले गुम्बाको माथिल्लो भागको ढुङ्गाहरु केही झरेको र बाकी भागहरु चर्किनुको साथै धेरै बर्ष अघि बनेको यो गुम्बाको अधिकांस काठहरु कुहिएर अत्यन्तै जोखिम युक्त बनेको गुम्बाका लामाहरु बताउनु हुन्छ ।

लापा गाउँका सयौं बौद्ध मार्गीहरुको प्रमुख आस्थाको धरोहर यो गुम्बा पुर्ननिर्माण हुन नसक्दा यहाँका बौद्ध धर्मलाई आस्था मान्ने मानिसहरु निकै दुखी छन ।

हाल नियमित पुजा पाठ गर्न निकै जोखिम हुनुको साथै बर्खाको समय जस्ता बाट पानी चुहिने समस्याहरु रहेका छन । त्यस्तै गुम्बाको भित्री भाग साघुरो भएकोले समय समयमा हुने विशेष पुजा पाठ गर्दा धेरै जसो मानिसहरु गुम्बा भित्र ठाउ नपुगेर बाहिर बाटै उक्त पुजामा सहभागी हुन बाध्य छन ।

गुम्बाको पुनर्निर्माणको निम्ति बर्षौ देखि विभिन्न निकायमा धाए पनि कुनै पनि निकायले चासो नदेखाएको गुम्बा समितिका सदस्यहरु बताउनु हुन्छ । अघिल्लो आर्थिक बर्ष २०८९/८० मा रुबीभ्याली गाउँपालिकाले रु ५ लाख बजेट बिनियोजन गरिएको भनिए पनि बजेट सम्झौता गर्नु अघि नै गुम्बा समितिलाई आधिकारिक जानकारी प्राप्त नभै सम्झौता नै हुन नसकी बजेट फिर्ता गएको गुम्बा समितिका सदस्यहरु बताउनु हुन्छ ।

त्यस्तै यो पटक रुबीभ्याली गाउँपालिकाले DPR को लागि भनी १० लाख बजेट बिनियोजन गरे सगै सम्पूर्ण स्थानीय बौद्ध धर्मावलम्बीहरु खुसी हुनुको साथै चाडै गुम्बा बन्छ कि भन्ने आसा बोकेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here