खनियाबास-१ को सिचेत ताल प्रचारप्रसारको कमीले गुमनाम

युनिस तामाङ
धादिङ । धादिङ जिल्लाको आन्तरिक तथा वाह्य पर्यटकको मन लोभ्याउने दर्जनौं ठाउँहरु मध्ये उत्तरी धादिङको खनियाबास गाउँपालिकामा वडा न.एक पनि हुन ।
साबिक झार्लाङमा रहेको सिच्यत ताल धार्मिक र भौगोलिक पर्यटकीय हिसाबले अति महत्वपूर्ण स्थल हो ।

सिच्यत तालमा गणेश हिमालको छायामा प्रष्ट देखिंछ। परिवरि जंगल,हिउदमा सितहरु देख्ने हुँनाले सिच्यत तालको सुन्दरता झनै गज्जवको देखिन्छ । चिटिक्क आकर्षक यस पोखरीमा अहिले फोटो खिच्न स्थानीयहरु जाने गर्दछन,तर प्रचारप्रसारको लागि स्थानीय तह चुप छन।

यो ताल करिब एक्काईस सय मिटर उचाइमा रहेको छ, सिच्यतमा ताल दुईवटा छन् । ममा (स्त्री) देखि व्हबा (पुरुष) ५० मिटरको दुरीमा रहेको छ । तल र माथि रहेको यी तालमा व्हबा पोखरी देखि ममापोखरी हुँदै पानी बग्दछ ।

ममा पोखरीको भित्तामा एउटा अचम्मको ढुङ्गा छ त्यही पुजा गर्ने गर्दछन्, यो हेर्दा त्यति आकर्षक लाग्दैन तर धार्मिक विश्वासको आधारमा यो व्हपाभन्दा शक्तिशाली पोखरी हो यसको वरिपरीको रूखहरु काट्यो भने,यहाँको देउताले ती माँछेलाई लुलो लंगडो बनाईदिने किंबादंती छ, व्हबा अर्थात् स्त्री पोखरीमा तीनवटा कुङ्करहरु छन् ।

यसमा गणेश हिमालको छाया देख्न सकिन्छ । यो तालमा वरिपरीको जंगलबाट तालमा पर्न आएको पातपतिङगरहरु २ ओटा कालो र सेतो चराहरुले उठाएर फाल्ने लिंबदंती छ,सिच्यतलाई विग्रह गर्दा सि र चेत बन्दछ । सि भनेको सिप को छोटो रुप हो । सिप चेत नै अपभ्रंश भएर सिच्यत भएको हो । सिप (सि) भन्नाले मृत र च्यत भन्नाले फाँट बुझिन्छ ।

यस फाँटमा अवस्थित यो पोखरीमा बिगार गरेमा वा जुठो पारेमा मान्छे नै मर्ने विश्वास गरिन्छ । त्यसैले सिच्यत य्हे याने फाँटको मृत पोखरी भन्ने नाम रहन गएको स्थानीयहरु बताउछन ।सिच्यत तालको छेउ तिरा हिउदमा हिउ र सित पनि बेस्सरी पर्छ ,बनमा दाऊरा काटन आऊनेहरु सिच्यत ताल हेरेर आनंद लिंछ,भने आंतरिक तथा बाह्य पर्यटकहरु पनि फ्यटट फुटट आउने गर्दछ,यस्तो राम्रो ठाऊ हुदा पनि वडा,पालिका भने पर्यटकिय क्षेत्र बनाउन सकेका छैनन,बरु सुनको कचौरामा भीख मागेको भन्ने उखानसंग ठ्यक्कै मिल्छ ।गाऊँपालिका,वडाले व्यवस्त गरे पनि हिउदमा भने आन्तरिक तथा व्यह्य पर्यटकहरु आऊने गर्दछन।

हिउद कसरी पुग्ने ?
खनियाबासको सिच्यत ताल!
सिच्यत ताल पुग्नको लागि हिउँदमा काठमाडौंदेखि नै सार्बजनिक जिप वा बससेवा झार्लाङसम्म पाइन्छ । वर्षामा भने काठमाडौंबाट धादिङबेंशीसम्म मिनि बस, माइक्रो बस र डिलक्स बसहरु माछापोखरी बालाजुमा पाइन्छ । धादिङवेशी मिलनटोल काउण्टरबाट दामन पाख्रिन मार्ग हुँदै किम्ताङफेदीसम्म जीपको टिकट पाइन्छ । किम्ताङफेदीबाट अर्को जीपमा चढ्दा तरम्हाने, दार्खासम्म पुर्याउँदछ ।

पहिलो दिन पेर्चो वा छाप्चेतमा स्थानीय होटलमा बास बस्नुपर्दछ । भोलिपल्ट बिहानै नास्ता गरी ओङगुलतर्फ लाग्नुपर्दछ । ओङ्गुलमा खाना खाइ फराकिलो फाँटहरु, आलु पकेट क्षेत्र हेर्दै र पारीपट्टीको गाउँ अनि गणेश हिमाल,गिलिंङजो गुम्बाको दृष्य हेर्दै सिच्यत पुग्न सकिन्छ । जाडो महिनामा जब हिउँ पर्दछ, तब सेताम्य हिउँमा चिप्लेटी खेल्न बडो मज्जा आउँछ ,आजभोली भने बर्षाका कारण हिउ चै देखिन्दैन तर अनेक प्रकारका जडिबुटी, चराचुरुङ्गी र वन्यजन्तु हेर्न सकिन्छ । यात्रा सहजताको लागि सिल्पिङ ब्याग, रेनकोट, छाता,प्लास्टिक,वाटरफ्रुफ बुट, जाडोबाट बच्ने कपडा, लेक लाग्नबाट बचाउने औषधी, ड्राइ फुड आदि सामानहरु लिएर जानुपर्दछ ।

फोटो-एल्बी तामाङ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here