बर्षौ देखि पुर्ननिर्माणको पर्खाइमा जिर्ण लापा गाउँको गुम्बा: परेको बजेट समेत फिर्ता

धादिङ । २०७२ को भुकम्प पछि जोखिम युक्त बनेको लापाको …. गुम्बा बर्षौ देखि पुर्न निर्माणको पर्खाइमा रहेकोे छ ।

भुकम्पले गुम्बाको माथिल्लो भागको ढुङ्गाहरु चर्किनुको साथै धेरै बर्ष अघि बनेको यो गुम्बाको अधिकांस काठहरु कुहिएर अत्यन्तै जोखिम युक्त बनेको गुम्बाका लामाहरु बताउनु हुन्छ ।

लापा गाउँका सयौं बौद्ध मार्गीहरुको प्रमुख आस्थाको धरोहर यो गुम्बा पुर्ननिर्माण हुन नसक्दा यहाँका बौद्ध धर्मलाई आस्था मान्ने मानिसहरु निकै दुखी छन ।

हाल नियमित पुजा पाठ गर्न निकै जोखिम हुनुको साथै बर्खाको समय जस्ता बाट पानी चुहिने समस्याहरु रहेका छन । त्यस्तै गुम्बाको भित्री भाग साघुरो भएकोले समय समयमा हुने विशेष पुजा पाठ गर्दा धेरै जसो मानिसहरु गुम्बा भित्र ठाउ नपुगेर बाहिर बाटै उक्त पुजामा बस्न बाध्य हुने गर्दछन ।

गुम्बाको पुनर्निर्माणको निम्ति बर्षौ देखि विभिन्न निकायमा धाए पनि कुनै पनि निकायले चासो नदेखाएको गुम्बाका समिति सदस्यहरु बताउनु हुन्छ । अघिल्लो आर्थिक बर्ष २०८९/८० मा रुबीभ्याली गाउँपालिकाले रु ५ लाख बजेट बिनियोजन गरिएको भनिए पनि बजेट सम्झौता गर्नु अघि नै गुम्बा समितिलाई आधिकारिक जानकारी प्राप्त नभै सम्झौता बिना नै गाउँ पालिकाले अर्कै शिर्षकमा उक्त बजेट हालेको गुम्बाको कार्यसमितिको एक सदस्यले होराईजन खबर बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here