सिद्धलेक गाउँपालिकाको वडा न.३ मा तालावन्दी “

धादिङ। सिद्धलेक गा.पा वडा तीन स्थित सलाङको मैदानमा रहेको पञ्चमुखी माध्यमिक विद्यालयका अभिभावकहरुले वडा कार्यालयमा तालावन्दी गरेका छन्।
सिद्धलेक गाउँपालिकाले दरवन्दी सहित बिषय शिक्षकको सरुवा गरिदिएपछि एक महिना देखि पठन पाठन रोकिएको भन्दै अभिभावकहरुले सिद्धलेकको ३ नम्बर वडा कार्यालयमा तालावन्दी गरेका हुन।तत्काल बिषय शिक्षकको व्यवस्था गर्नुपर्ने माग राख्दै वडा कार्यालयमा तालावन्दी गरिएको अभिभावक होमनारायण श्रेष्ठले जानकारी दिनुभयो।
बिद्यालयमा राहत कोटाबाट माध्यमिक तहको गणित बिषयको शिक्षक पदमा कार्यरत रमेश नेपाललाई गाउँपालिकाले गत साउन २६ गते दरवन्दी सहित नलाङको सिद्धेश्वर माविमा सरुवा गरिदिएको थियो ।
शिक्षक नेपालको सरुवा भएपछि एक महिना देखि बिद्यालयमा मावि तहको गणित बिषयको पढाई ठप्प भएको अभिभावक श्रेष्ठको भनाई छ।वैकल्पिक व्यवस्थाका लागि पालिकामा गरिएको अनुरोधको कुनै सुनुवाई नभएको,मावि तहको गणित बिषयको पठनपाठन ठप्प हुदाँ बालबालिकाहरुको शिक्षा प्राप्त गर्ने अधिकार हनन भएको उहाँले बताउनुभयो ।
दरवन्दी सहित शिक्षक सरुवा भएपछि गणित विषयको पठनपाठन रोकिन पुगेकोले पढाई सुचारु गर्ने व्यवस्था मिलाउन आंफुहरु सँघर्षको कार्यक्रम नै अघि सार्न वाध्य हुनु परेको अभिभावकहरुको भनाई छ ।
वडा कार्यालय तालाबन्दि गरेपछि सम्पूर्ण सेवा ठप्प हुन पुगेको छ ।
सिद्धलेक गाउँपालिकाले पालिकाको शिक्षा समितिको सिफारिसका आधार देखाएर साउन २६ गते १३ जना शिक्षकहरुको सरुवा गरेको थियो।
नेपाल राष्ट्रिय शिक्षक संगठन सिद्धलेक गाउँ समितिले शिक्षक सरुवा प्रचलित शिक्षा ऐन, नियमावली र विधि विपरित भएको भन्दै सरुवालाई बैज्ञानिक र विवादरहित वनाउन, पूर्वाग्रह तथा राजनैतिक प्रतिशोधका आधारमा कसैलाई सरुवा नगर्न माग गर्दै गाउँपालिकामा ध्यानाकर्षण पत्र समेत बुझाएको थियो ।तस्विरःधादिङन्युज
यी हुन् सरुवा हुने शिक्षकहरुअकलादेवी माविको निमाशि राहत संगिता उपाध्याय नलाङ पात्ले माविमापञ्चमुखी माविका निमाशि राहत रमेश नेपाल सिद्धेश्वर माविमाअमरआदर्श माविको प्रावि राहत कोपिला थापा महाकाली आविमाबलदेवी आविका प्रावि स्थायी शिक्षक रामहरी खनाल दरवन्दी सहित अमर आदर्श माविमा,नागश्वेरी आविका प्राशि नेत्रवहादुर थापा जलेश्वरी माविमा,जलेश्वरी माविका प्राशि स्थायी आरतीदेवी रेग्मी गोल्मारानी आविमागोल्मारानी आविका प्राशि स्थायी निर्मला आचार्य श्रेष्ठ नागेश्वरी आविमासमिटार आविका स्थायी शिक्षक प्रकाश मल्ल नलाङ पात्ले माविमा सुन्दरी माविका प्राशि स्थायी शिक्षक रामप्रसाद अर्याल समिटार आविमाअन्नपूर्ण आविका विरवहादुर श्रेष्ठ जलेश्वरी आविमाअमर आदर्श माविका प्राशि राहत शिक्षक हरि कुँबर अकलादेवी माविमा,मनकामना आविका प्राशि राहत पवित्रा दर्लामी मगर बलदेवी आविमावलदेवी आविका प्राशि राहत पवित्रा सिलवाल मनकामना आविमा

साभार-अनिल नेपाली

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here