खनियाबासको पहिरोले रुवीभ्याली पुग्ने नागरिकलाई सास्ती

युनिस तामाङ
धादिङ । उत्तरी धादिङको रुवीभ्याली पुग्ने मुख्य गन्तव्य दुई सातादेखि पहिरोले अवरुद्ध बनेको छ । जिल्ला सदरमुकाम धादिङबेसीबाट खनियाबास गाउँपालिका हुँदै रुवीभ्यालीको बोराङ, सेर्तुङ, तिप्लिङ र लापा पुग्ने सडक पैदल हिड्न समेत नसक्ने गरी अवरुद्ध बनेको स्थानीय सार्की तामाङले जानकारी दिए ।

खनियाबास गाउँपालिका–१ को पेर्चाे र लिस्ने खोलाको बीचमा पर्ने म्लीम्लीगङ भन्ने ठाउँमा पहिरो खसेको हो । सडक भन्दा करिब ७० मिटर माथीबाट झरेको पहिरोले सडक नै बगाएको स्थानीय शिक्षक दामन तामाङले बताए ।

अहिले अवरुद्ध बनेको स्थानमा करिब १२ वर्ष अघि पनि पहिरो खसेको थियो । फेरी उही स्थानमा खसेको पहिरोले स्थानीयको खेत समेत पुरेको छ । पहिलो पटकको पहिरोले भासिएकै जमिन पहिरोले फेरी बग्न थालेपछि छापचेत गाउँ पनि जोखिममा परेको छ । पहिरोले विजुलीको खम्बाहरु पनि ढलेको छ ।

आँखु खोला किनारबाट सुरु भएको पहिरो सडकबाट करिब ७० मिटर माथी पुगेको छ । त्यस भन्दा केही माथी रहेको छापचेतका ४५ घर जोखिममा परेको स्थानीय एलिया तामाङले बताए । ‘पहिलाको पहिरो रोकियो भन्नेमा ढुक्क थियौं, यस्पाली झन ठूलो पहिरो झ¥यो’, एलियाले भने– ‘तत्काल पहिरो रोकथामतिर नलाग्ने हो भने वस्तीसम्म पहिरो पुग्ने र गाउँ नै तानिने जोखिम छ ।’
पानी नपरेको बेला रुवीभ्यालीतर्फ आउजाउ गर्नेहरुले जोखिम मोलेरै आउजाउ गर्ने गरेका छन् । बलियो मान्छेहरु जोखिम मोलेरै दौडेर आउने जाने गर्छन् । भारी बोकेर हिड्नेहरुले भने प्लेङयर्ताेङ खेतको बाटो हुँदै हिड्नु पर्ने बाध्यता छ ।

रुवीभ्यालीको बोराङ, सेर्तुङ, तिप्लिङ, लापाका स्थानीय आउजाउ गर्ने मुख्य सडक हो । वर्खाको बेला सदरमुकाम धादिङबेसीबाट किन्ताङफेदीसम्म एउटा गाडी र किन्ताङ खोला तरेपछि अर्काे गाडीमा खनियाबास–४ तरम्हानेसम्म पुगेर पैदल सुरु गर्ने यात्रुलाई ल्मील्मीगङको पहिरोले थप समस्या पारेको छ । वर्खाको बेला गाडी त पुग्दैन थियो नै पहिरोले पैदल हिडेर समेत बाटो पार गर्न नसकिने भएपछि लामो समय लगाएर प्लेङयर्ताेङको बाटो घुम्नुपर्ने बाध्यता छ । पहिरो नझर्दासम्म यो बाटोमा दैनिक सयौ स्थानीय आवतजावत गर्दै आएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here