२ सय २ महिना जे*ल बसेर घर आईपुगिन खनियाबास-१ कि सानु माया

धादिङ, ९ भदौ – धादिङ खनियाबास-१ साबिक झार्लाङकी सानुमाया तामाङ १७ बर्ष पछि नेपाल आईपुगेकी छन ।

उनी शुक्रवार चिनियाँ जहाज बाट सानुमाया नेपाल आईपुगेकी हुन । लागु औषध तस्करहरुको चंगुलमा फसेर २ सय २ महिना चिनियाँ जेलमा थुनिएकी थिइन ।

कमाउन मलेशिया पुगेका श्रीमानको उतै मृत्यु भएपछि घरपरिवार धान्न, छोराछोरी पालनपोषण र पढाई खर्च पु¥याउन र बुढा भईसकेका सासु ससुरालाई सुख दिन भन्दै २०६३ कात्तिकमा सानुमाया वैदेशिक रोजगारमा जान नेपाल छाडेकी थिइन ।

    लागु औषधको कारोवार गर्दै आईरहेका अपराधीहरुले सिधा स्वभावकी सानुमायालाई षडयन्त्रमा पारेर वैदेशिक रोजगारीका लागि विदेश होइन नेपाल छाडेको भोलीपल्टै चिनियाँ जेलमा पु¥याएका थिए । तस्करहरुले उनलाई लागु औषधको क्याप्सुल खुवाएर पठाएका कारण चिनको छेन्दु विमानस्थलमा उनी पक्राउ परेकी थिईन । 

२०६३ कात्तिक ९ गते बिहीवार छेन्दुु विमानस्थलमा पक्राउ परेकी सानुमायालाई त्यहाँको प्रहरीले लगाएको मुद्धाका आधारमा अदालतले आजिवन कारावास सजायँ सुनाएर जेलमा राखेको थियो ।

नेपाल छाडेपछि ६ हजार १ सय ४८ दिन अर्थात २०२ महिना जेलमा बसेकी सानुमायालाई २०८० भदौ ७ गते चिनको जेलबाट रिहा गरिएको थियो ।

     आजिवन कारावासको सजायँ पाएकी सानुमाया असल चाल चलनका कारण जेहवाट रिहा भएपछि छेन्दु स्थित नेपाली महावाणिज्य दुतावासको सहयोगमा भदौ ८ गते उनी नेपाल आईपुगेकी हुन । 

नेपाल फर्किएकी सानुमायाको एयरपोर्टमै परिवार संग पुर्नमिलन भएको थियो । विदेश जानु अघि उनले पाटनको अनाथाश्रममा छाडेकी छोरीलाई जर्मनको एक चिकित्सक परिवारले धर्मपुत्रीका रुपमा स्विकार गरेर लगेको छ । जर्मन पुगेकी छोरीले एक–दुईपटक सानुमायासँग टेलिफोनमा कुरा गरको भएपनि अहिले सम्पर्क हुन छाडेको सानुमायाले वताईन ।

छोरा बिक्रम बिहे गरेर काठमाण्डौंमै बस्दै आईरहेका छन ।
आमाको अनुहार राम्रो संग नठम्याउने हुंदै विछोड भएका बिक्रमले शुक्रवार एयरपोर्टमा आमालाई भेट्दा निकै रोएका थिए । बिक्रम मात्रै होइन उनकी आमा र बिक्रमकी श्रीमती पनि रोएका थिए ।

घर परिवार र आफन्तले झण्डै माया मारिसकेकी सानुमाया सकुशल नेपाल फर्किएकोमा अहिले उनका आफन्तहरु निकै खुसी हुन पुगेका छन् । सानुमायाले भोग्नु परेको समस्याको जड अन्त्य गर्न नसक्ने हो भने धेरै सिधासाधा नेपाली विदेशको जेलमा पुग्नेक्रम चलिनैरहनेछ ।
अपराधी समूहको गलत प्रयोगका कारण अहिले पनि धादिङको उत्तरी भेगका सयौं व्यक्ति चिन, मलेसिया, थाईल्याण्ड, सिंगापुर लगायतका देशमा जेल जिवन विताईरहेका छन ।
विदेशी भुमिमा आजिवन कारावास भोगेकी सानुमाया १७ बर्षपछि नेपाल आईपुगेको खबरले उनका आफन्तहरु समेत खुसी भएका छन । परिवन्दमा परेर दुःख पाएको भएपनि अहिले आफ्नै देशमा फर्किएकी सानुमाया केही दिन छोरा बुहारी संग काठमाण्डौं बसेर पुख्र्यौली गाउँ झार्लाङ आउने खबरले उनका आफन्त छर छिमेकी र चिनेजानेका हरु उनलाई भेट्न आतुर देखिएका छन् ।
साभार -धादिङ न्युज

फोटो -सेतो पार्टी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here