काठमाडौं । विश्वका ८ हजार मिटरभन्दा माथिका १४ वटा हिमालहरू आरोहण गर्ने योजनामा रहेकी फोटो पत्रकार पूर्णिमा श्रेष्ठ अहिले विश्वकै दोस्रो अग्लो के–टुको आरोहणको तयारीमा छिन्।
उनले नेपालमा रहेका ८ हजार मिटर उचाइका ७ वटा हिमाल आरोहण गरिसकेकी छन्। उनी ८ हजार ६११ मिटर उचाइको के–टुको आरोहणका लागि बुधबार पाकिस्तान जान लागेकी हुन्।
इस्लामाबाद हुँदै विश्वको दोस्रो सर्वोच्च हिमाल के–टु चढ्ने उनले बताइन्।
के–टु आरोहणका लागि जोखिमयुक्त हिमाल भएकैले किलर माउन्टेनकोसमेत उपमा दिइएको छ।
के–टुपछि ब्रो पिक आरोहण गर्ने योजना रहेको उनले सुनाइन्। यससँगै उनले जि–१ र जि–२ पनि आरोहण गर्ने योजना बनाएको बताइन्।
यद्यपि, के–टु र ब्रो पिकबाहेक अरू हिमाल आरोहणको अनुमतिको प्रक्रिया भने बाँकी नै रहेको उनको भनाइ छ। के–टुमा हालसम्म तीन नेपाली महिलाहरूले आरोहण गरिसकेका छन्। पूर्णिमा चौंथो हुन्।