एक साताका लागि देउवा आज सिंगापुर प्रस्थान गर्दै

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एक साताका लागि सिंगापुर जाँदैछन्।

नियमित स्वास्थ्य परीक्षणका लागि पूर्व प्रधानमन्त्री देउवा सिंगापुर जान लागेका हुन्। उनी राति ११ बजे सिंगापुर प्रस्थान गर्नेछन्।

पूर्व प्रधानमन्त्रीको देउवाको साथमा उनकी पत्नी आरजू राणा देउवा पनि साथमा रहने छिन्। पेटसम्बन्धी समस्याका कारण स्वास्थ्य जटिलता भोगिरहेका देउवाले लामो समयदेखि सिंगापुरमा उपचार गर्दै आइरहेका छन्।

यसपटकको भ्रमण उनको स्वास्थ्य फ्लोअपका लागि भएको उनको सचिवालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here