खनियाँबास १ मा भिरबाट लडेका तामाङलाई हेलिकप्टरबाट काठमाडौ लगियो

यूनिस तामाङ, धादिङ । उत्तरी धादिङको खनियाँबास गाउँपालिकाका– १ झार्लाङका कृष्ण बहादुर तामाङ घाँस काट्ने क्रममा भिरबाट लडेर घाइते भएका छन् । लडेर घाइते बनेका तामाङलाई हेलिकप्टरबाट उपचारका लागि काठमाडौ लगिएको छ ।
‘गाउँ नजिकैको उदर जंगलमा घाँस काट्ने क्रममा भिरबाट लडेर घाइते बनेका तामाङको गोठालाहरुले उद्धार गरेको स्थानीय एलिया लोप्चन तामाङले बताए । गोठालाहरुले लडेको ठाउँबाट सम्म ठाउँमा लगेर राखेछन् । उनले भने,– विरामीको अवस्था गम्भिर छ । टाउको, दुवै हात खुट्टा शरिरका विभिन्न भागहरुमा चोट  र दाइने खुट्टा भाँचिएको छ । म आफु झार्लाङ स्वास्थ्य चौकीमा काम गर्ने भएकोले हामीले जानेजति प्राथमिक उपचार ग¥र्याै । विरामीको अवस्था गम्भिर भएकोले हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौ लगिएको हो, उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here