लापा माबीमा पुरस्कार बितरण, स्वागत तथा कक्षा१२ का विद्यार्थीहरुलाई बिदाई कार्यक्रम सम्पन्न

धादिङ । लापाकुकु सामुदायिक सिकाई केन्द्रको सहयोगमा २०७९ सालमा बाल कक्षा देखि ९ कक्षा सम्ममा उत्कृष्ट हुन सफल विद्यार्थीहरुलाई पुरस्कार बितरण गरिएको छ ।

साथै उक्त समारोहमा नयाँ भर्ना भएका कक्षा ६ र ९ का विद्यार्थीहरुलाई स्वागत गरिनुको साथै विद्यालय बाट प्रथम पटक कक्षा १२ अध्यन गरि परिक्षाको निम्ति जान लागिएको विद्यार्थीहरुलाई बिदाई गर्नुको साथै शुभकामना व्यक्त गरिएको विद्यालयका प्र.अ. शसी चौधरीले जानकारी दिनु भयो ।

कार्यक्रमको अध्यक्षता कुकु सामुदायिक सिकाई केन्द्रका अध्यक्ष म्लङ्गे तामाङले गर्नु भएको थियो भने प्रमुख अतिथिमा स्थानीय बुद्धिजिबि चिपी तामाङ त्यस्तै अतिथिमा विद्यालय प्र.अ. शसी चौधरीको आतिथ्य रहेको थियो भने विद्यालयका सम्पुर्ण शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here