देशैभरका केही स्थानमा चट्याङ र हावाहुरी सहित वर्षाको सम्भावना 

काठमाडौँ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । देशैभरका केही स्थानमा मेघ गर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 
मधेश प्रदेशका एक–दुई स्थानमा हावाहुरीको सम्भावना रहेको छ ।
यस्तै राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ । 
यसैगरी सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन-चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ ।
 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here