डोलप्रसाद अर्यालले दिए रास्वपा संसदीय दलको नेताबाट राजीनामा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दल नेताबाट डोलप्रसाद अर्यालले राजीनामा दिएका छन् ।
पार्टीका सभापति रवि लामिछाने चितवन–२ को उपनिर्वाचनबाट पुन: सांसद निर्वाचित भएसँगै अर्यालले शनिबार दलका उपनेता विराजभक्त श्रेष्ठसमक्ष राजीनामा दिएका हुन् ।
राजीनामा पत्रमा अर्यालले हालै सम्पन्न प्रतिनिधि सभाको उपनिर्वाचनमा चितवन क्षेत्र नं.– २ बाट पार्टी सभापति रवि लामिछाने पुनः निर्वाचित भएपछि राजीनामा दिएको बताएका छन् ।
राजीनामा पत्रमा भनिएको छ, ‘हालै सम्पन्न उपनिर्वाचनमा पार्टी सभापति सभापति रवि लामिछाने पुनः निर्वाचित हुनुभएको सन्द्भमा उहाँ नै संसदीय दलको नेता हुनुपर्छ भन्ने मेरो अभिमत रहेको छ ।’  
अर्यालले संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठलाई बुझाएको राजीनामा आज पार्टीको संसदीय दल बैठकले स्वीकृत गरेको छ । आफ्नो राजीनामा पत्रमा अर्यालले सभापति लामिछाने सांसदबाट पदमुक्त भएपछि अस्थायी रुपमा आफूले सो जिम्मेवारी लिएको उल्लेख गरेका छन् ।
मंसिर ४ को आमनिर्वाचनपछि रास्वपाले सभापति लामिछानेलाई नै संसदीय दल नेता चुनेको थियो । तर, सर्वोच्च अदालतको फैसलाबाट उनको सांसद पद गुम्यो । अर्याल संसदीय दलको नयाँ नेता चयन गरिएका थिए ।
रास्वपा स्रोतका अनुसार सोमबार बस्ने अर्को संसदीय दल बैठकले प्रक्रियागत रुपमा नयाँ नेता चयन गर्ने छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here