अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह दुर्घटनामा परी घाइते


नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह सवारी दुर्घटना परी घाइते भएकी छन्।
शुक्रबार दुर्घटनामा घाइते भएकी सिंहको अहिले काठमाडौंको नर्भिक अस्पतालमा उपचार भइरहेको छ।
बिहान साढे १० बजे कोटेश्वरमा उनले चलाएको स्कुटर* र अर्को स्कुटरमा ठोक्किएको थियो।
‘बिहान विमानस्थल जाने क्रममा कोटेश्वरमा दुर्घटना भएको हो। टाउकोमा चोट लागेको छ,’ सिंहका श्रीमान केशव शाहीले भने,‘अहिले स्वास्थ्यमा सुधार हुँदै गइरहेको छ।’ 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here