रुसले ठूलो मात्रामा युरोपमा तेलको निर्यातमा कटौती गर्दै

अन्तरास्ट्रिय खबर । रुसले युरोपमा कच्चा तेल र तेल उत्पादनको निर्यातमा ठूलो मात्रामा कटौती गर्ने भएको छ ।
यस्तै, बचत गरिएको मात्रा एसियामा पुर्याउने योजना बनाएको छ । रुसी उपप्रधानमन्त्री अलेक्ज्याण्डर नोभाकले बिहीबार सोबारे बताएका हुन् ।
रुसले सन् २०२२ मा एसियामा करिब चार करोड टन कच्चा तेल र तेल उत्पादन र युरोपमा १८ करोड टन निर्यात गरेको नोभाकले ऊर्जा सम्बन्धित कार्यक्रममा पत्रकारलाई बताए ।
यो वर्ष १४ करोड टन तेल र तेल उत्पादन पूर्वतर्फ जानेछ । करिब ८०/९० मिलियन टन पश्चिमतर्फ पठाइने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here