१५ औ बार्षिक उत्सवमा आयोजित प्रथम अहिङ्साबादी युवा कप फुटबल प्रतियोगिता सम्पन्न

धादिङ । “के युवा के वृद्ध सबैको लागि महत्वपूर्ण खेलकुद र शिक्षा, खेल खेलौ स्वास्थ बनौ र मित्रताको भावना कायम राखौ” भन्ने मुल नारा का साथ अहिङ्साबादी युवा क्लब को १५ औ बार्शिक उत्सबको अवसर पारेर आयोजना गरिएको प्रथम अहिङ्साबादी युवा कप सम्पन्न भएको छ ।
१८ टिमको सहभागीता रहेको फुटबल खेलमा फाइनल खेलको अन्तिम नतिजामा अहिङ्साबादी युवा क्लब प्रथम, रन्ज्युङ युवा क्लब दोस्रो र किम्ताङ युवा क्लब र लापा युवा क्लब तेस्रो भएको छ । त्यस्तै बिजयी हुन सफल प्रथम टिमले ५० हजार, दोस्रोलाई २० हजार तेस्रो र सान्त्वानालाई ७ हजार साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेका छन ।

कार्यक्रममा माननीय श्री डम्बर तामाङको को प्रमुख आतिथ्यताका साथै बिशेष पाहुनाको रुपमा आउनु भएको सेलो गायक विश्व दोङ को साथमा अन्य म्हेन्दोमाया कलाकार हरु को बेजोड प्रस्तुती रहेको थियो ।
कार्यक्रममा सम्बोधन गर्नु हुँदै प्रमुख अतिथी द्वारा भाबी पुस्ता सम्म खेलाडिहरुको हक हितको लागि आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनु भयो ।

खेलकुद कार्यक्रमा खेलाडिहरुको उच्च सम्मानको साथमा बेस्ट किपर, बेस्ट प्लेयर र अनुसासित खेलाडिलाइ पनी सम्मान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here