रुबीभ्याली ६ मा पहिलो पटक सडक संजालले छोयो: समिर गुरुङ ‘वडा अध्यक्ष’

धादिङ । धादिङ जिल्ला कै एउटा छुट्टै पहिचान बोकेको फरक रहन सहन कला सस्कृती परम्परा रितिरिवाज भाषा धर्म भएको कृषि, पर्यटन ,जलविद्युत,जडिबुटीको महत्त्वपूर्ण सम्भावना बोकेको गाउँ पालिकाको रुपमा रहेको रुबिभ्याली गाउँ पालिका सुन्दरताको जति सम्भावना छ उति नै बिकास को चुनौती हरु पनि छ ।
सम्भवत जिल्ला कै सडक सन्जाल सङ्ग नजोडिएको एक मात्र वडाको रुपमा रहेको रुबिभ्यालि ६ मा लामो समयको प्रयास पछि केही दिन देखी सडक सन्जाल सङ्ग जोड्ने उदेश्यले सडक खन्ने काम सुरुवात भएको छ ।

वडा अध्यक्ष समीर गुरुङ भन्नू हुन्छ “वडाको संकल्प अनुसार कोहि कसै पनि यो आधुनिक परिवर्तनशिल युग मा यातायातको सुबिधा बाट बन्चित हुन नपरोस ! स्थानीय रुप मा उत्पादन बस्तुले बजार देख्न पाओस यातायात को समस्याले गाउँ घर मा उत्पादन बस्तु खेर नजाओस, पन्तिस्या तिर, रिचेत, कपुर गाउँ हुँदै लाप्चेत कुप्चेत जोड्ने यो सडक को लागि बजेट बिनियोजितमा पहल गर्नु हुने र बजेट बिनियोजित गर्नु हुने बाग्मती प्रदेश सरकार लाई धन्यवाद दिन चाहान्छु “

अनि गुरुङ भन्नू हुन्छ “बिकास समृद्धि, सुशासनमा हाते मालो गरौ एकले आर्कालाई साथ दिउ सहयोग गरौ परिवर्तन र बिकास सम्भव छ हाम्रो पालामा”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here