नेपाल तामाङ घेदुङ धादिङको चौथो अधिवेशन तथा जिल्ला भेला सम्पन्न: अध्यक्षमा दिपक कु. तामाङ

धादिङ । नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति धादिङको चौथो अधिवेशन तथा जिल्ला सम्मेलन शनिबार धादिङ बेसिमा सम्पन्न भएको छ ।

भेलाले अध्यक्षमा दिपककुमार तामाङ, उपाध्यक्ष शुक तामाङ, छ्योईसाङ तामाङ, सचिव हरिशरण तामाङ, सह-सचिब ताराबिर तामाङ, कोषाध्यक्ष कर्मविर तामाङ लगायत १५ सदस्य जिल्ला समन्वय समितिको निर्विरोध गठन भएको छ ।

सम्मेलनमा धादिङ जिल्लाको ११ वटा गाऊँपालिका र २ नगरपालिकाको प्रतिनिधिहरुको उपस्थित रहेको थियो भने प्रमुख अतिथिमा पुर्व राज्य कानुन मन्त्री दिलमान पाख्रिन र विशेष अतिथि पुर्व पर्यटन राज्य मन्त्री परशुराम तामाङको विशेष आतिथ्यता एबं निवर्तमान अध्यक्ष रामसिङ तामाङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here