पितृसत्ता, महिलावादी अवधारणा र समानता बिसयमा पत्रकारहरु बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

धादिङ । धादिङबेशीमा पितृसत्ता, महिलावादी अवधारणा र समानता विषयमा धादिङका पत्रकारहरुसँग अन्तरक्रिया गरिएको छ ।

टेवाको आयोजना तथा संगत नेपालको सहकार्यमा धादिङका पत्रकारहरुसँग धादिङका पत्रकारहरुसँग अन्तरक्रिया गरिएको हो ।छलफलमा मिडिया एड्भोकेसी गु्रप(म्याग)का अध्यक्ष बबिता बस्नेतले पितृसत्ता, महिलावादी अवधारणा, अधिकारका लागि अन्तराष्ट्रिय संयन्त्र एंव राष्ट्रिय नीति तथा कानूनहरु, महिला विरुद्धका हिंसा सम्बन्धी कानुनी व्यवस्थाहरु, यौन दुव्र्यवहार, भेदभाव तथा अन्य अपमानजन्य व्यवहार लगायतको विषयमा सहजीकरण गर्नुभएको थियो। अध्यक्ष बस्नेतले पितृसत्तात्मक, नारीबाद र समानताका विषयमा लेख्दा कसरी विषयको उठान गर्न सकिन्छ भन्ने विषयमाथि प्रकाश पार्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here