इजरायल द्वारा सीरियाको राजधानीमा मिसाइल आक्रमण

अन्तर्राष्ट्रिय खबर । इजरायलले सीरियाको राजधानी दमास्कसमा मिसाइल आक्रमण गरेको छ । इजरायलले हवाई आक्रमण गरेको त्यहाँका स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।  सीरियाली सेनाका अनुसार इजरायलले गोलान हाइट्सबाट दमास्कस वरपरका क्षेत्रका कयौँपटक मिसाइल प्रहार गरेको छ ।

जसमा सीरियाली दुई सैनिक घाइते भएको र केही भौतिक क्षति भएको जनाइएको छ । सीरियाली सेनाले केही मिसाइल भने आकाशमै नष्ट गरिदिएको स्थानीय सञ्चारमाध्यम सनालाई उद्धृत गर्दै अलजजिराले उल्लेख गरेको छ ।

इजरायलले हालैका वर्षमा सीरिया सरकार नियन्त्रित थुप्रै क्षेत्रमा सयौँ पटक आक्रमण गरिसकेको छ । गत महिना एलेप्पो अन्तर्राष्ट्रिय विमानस्थलमा दुईवटा मिसाइल प्रहार गरेको थियो । तर उसले सीरियामा मिसाइल प्रहार गरेको स्वीकार गर्ने गरेको छैन । उसले लेबनानको हिज्बुल्लाह तथा अन्य सशस्त्र समूह लक्षित आक्रमण गरेको दाबी गर्ने गरेको छ ।
 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here