चलचित्र उस्ताड जि को छायांकन सम्पन्न: बैशाख पहिलो हप्तामा नै प्रदर्सनमा आउने

सन्दीप स्याम्चेन तामाङ, धादिङ । नयाँ नेपाली कथानक चलचित्र उस्ताड जि Ustad ji को छायांकन सकिएको र डबिङ कार्य सुरु गर्दै बैशाख पहिलो हप्तामा नै विभिन्न हलहरुमा प्रदर्सन हुने गरि कार्यहरु गरिरहेको फिल्म निर्माता एबंम नायक रेशम कुमार विश्वकर्माले जानकारी गराउनु भएको छ ।

संगीतकार एवम म्युजिक एरेन्जर राजु खड्का को निर्देशनमा रहेको उक्त चलचित्र अरु भन्दा पृथक कथा वस्तु समेटिएको बताउनु हुन्छ । चलचित्रमा कथा /पट कथा र संवाद म्हेन्दोमाया गायक सन्दिप स्याम्चेन तामाङले लेखेका थिए । निर्देशक राजु खड्का भन्नू हुन्छ विशेष गरि गुरु उस्ताड जि भनेको गुरु भन्ने अर्थ लाग्छ र गुरुको सम्मान अनि मेहेनत गरे फल प्राप्त हुन्छ परिश्रमको फल मीठो र उपलब्धि पुर्ण हुन्छ भन्ने सन्देश दिइएको छ । यस चलचित्र दोलखाका विभिन्न स्थानहरु र राजधानी काठमाडौको रमाणिय ठाउहरुमा छायांकन गरिएको छ ।

यस चलचित्रमा कलाकारहरु रेशम कुमार बिश्वकर्मा, मरिचमान तामाङ (Mrc), देब दोर्जे लामा, लक्ष्मी तिम्सिना, मनिशा लामा, उर्मिला लामा, कल्पना बोल्न, सन्जय गोले तामाङ, रबिन तामाङ गोले, एन.बि बोम्जन, घन स्याम लामा, रोशन श्रेष्ठ, मुक्ति नाता शर्मा, आर एन तामाङ, स्याउली रेशम के तामाङ, गोपाल श्रेष्ठ, वाङ पख्रेन
, आमा तामाङ, राम चन्द्र फुयाल, जनार्दन फुयाल, हरि खड्का, ऋषि खड्का लगायतका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here