रुबिभ्याली गाउँ प्रहरी भर्नाको लिखित परिक्षा चैत ३,४ र ५ गते हुने (स्वास्थ परिक्षणमा सफल उम्मेदवारको नामावली सहित)

धादिङ । रुबिभ्याली गाउँ प्रहरी सेवा करार भर्नाको चौथो तहको अर्थात लिखित परिक्षा चैत ३ गते देखि हुने भएको छ ।

पालिका द्वारा शुक्रबार एक सूचना प्रकाशन गर्दै गाउँ प्रहरी सहायक निरीक्षक को चैत ३ गते , हवल्दारको ४ गते र जवानको ५ गते गर्ने जानकारी गराएको हो ।

गाउँपालिकाले गाउँ प्रहरी सहायक निरीक्षक १ जना , हवल्दार १ जना र जवान ५ जना सहित जम्मा ७ जनाको करार दर्वन्दी सेवा माग गरेको थियो ।
गाउँपालिका भित्र हुने विभिन्न अपराध, गैरकानुनी रुपमा हुने कार्यहरु रोकथाम, पालिकाको सिमामा विशेष निगरानी सहित सुरक्षा र आन्तरिक तथा वाह्य पर्यटकहरूलाई सुरक्षित महशुस गराउनका लागि गाउँ प्रहरी सेवा ल्याइएको गाउँ पालिका प्रमुख रामसिङ तामाङ बताउनु हुन्छ ।

थप जानकारीको लागि पालिका द्वारा प्रकाशित सुचना हेर्न सकिनेछ ।

त्यस्तै स्वास्थ परिक्षणमा सफल उम्मेदवारको नामावलीहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here