‘छक्का पन्जा ४’ ले पहिलो दिन नै कमायो एक करोड बढी

काठमाडौं । फिल्म ‘छक्का पञ्जा ४’ पहिलो दिन नै एक करोड माथिको ग्रस कलेक्सन गरेको छ । दर्शकहरुको सकारात्मक प्रतिक्रिया सहित रिलिजमा आएको फिल्म पहिलो दिन नै एक करोडको ग्रस कलेक्सन गरेको हो ।
बुझिए अनुसार अन्य केहि हलहरुको रिपोर्ट पनि आउन बाकि रहेको छ । फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’, बेनिशा हमाल, मलिना जोशी, नीर शाह, राज घिमिरे, निर्मल शर्मा, रमेश बुढाथोकी, सुवास गजुरेललगायतको अभिनय रहेको छ । फिल्मलाई हेमराज विसीले निर्देशन गरेका हुन् ।
प्रदर्शनको पहिलो दिन नै चलचित्रले ९० प्रतिशतभन्दा बढी ‘अकुपेन्सी’ पाएको छ । यसपटक यो शृङ्खलामा अभिनेता जीतु नेपाल भने छैनन् । यसले घरेलु बजार नेपालमा राम्रो व्यापार गर्ने सम्भावना देखाएको छ । “मैले भन्ने शब्द केही छैन, हेर्ने दर्शकले दिइरहनुभएको प्रतिक्रियाले मेहनतको सफलता पाएको आभास दिन्छ”, अभिनेता गिरीले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here