धादिङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड फागुन २३ देखि हुने: ४२ स्वर्ण पदमा प्रतियोगिता

धादिङ । १२ औं धादिङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता फागुन २३ गतेदेखी हुने भएको छ ।
फागुन २३ गतेदेखि २५ गतेसम्म गजुरी गाउँपालिका–५ स्थित गलौँदी खेलमैदानमा रनिङ शिल्ड प्रतियोगिता गर्ने जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रताप सिं तामाङले बताउनुभयो ।
प्रतियोगिता संचालनको लागि गत बिहिबार सरोकारसँग बैठक बसेर निर्याय गरेको अध्यक्ष तामाङले बताउनुभयो ।प्रतियोगितामा जिल्लाका २ नगरपालिका र ११ गाउँपालिका गरी १३ स्थानीय तहको सहभागिता रहने छ ।
४२ स्वर्ण पदका लागि हुने खेलमा भलिबल, कबड्डी, एथलेटिक्स, ज्याभलिन थ्रो, सटपुट, कँराते, तेक्वान्दो लगायतका खेलहरू हुने जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रताप सिं तामाङले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here