हर्क योन्जन तामाङ नेपाल तामाङ विद्यार्थी घेदुङ संघ धादिङको अध्यक्षमा चयन

धादिङ । नेपाल तामाङ विद्यार्थी घेदुङ संघ धादिङको कार्यसमिति गठन गरिएको छ । नेपाल तामाङ घेदुङ संघको केन्द्रिय सदस्य प्रेम तामाङको सभापतित्व र रुबिभ्याली गाउँपालिकाका अध्यक्ष एबं तामाङ घेदुङका पुर्व अध्यक्ष रामसिंङ तामाङको प्रमुख अथिथ्याता, तामाङ पत्रकार संघ बागमती प्रदेश सदस्य सन्दीप स्याम्चेत तामाङ र तामाङ पत्रकार संघ जिल्ला कार्यसमिति धादिङको अध्यक्ष मनिस तामाङको विशेष अथिथ्यातामा कार्यक्रम सम्पन्न भएको हो ।

नवगठित कार्यसमितिको नामावली
अध्यक्ष: हर्क योन्जन तामाङ
उपाध्यक्ष: कविता तामाङ
सचिव: स्याङदिप तामाङ
कोषाध्यक्षमा बिना तामाङ
त्यस्तै सदस्यहरुमा मनिस तामाङ, सोयता तामाङ, सुरेश तामाङ सलिना तामाङ, सम्झना तामाङ, कमला तामाङ, सरस्वती तामाङ त्रुती तामाङ, अजय तामाङ र बिक्रम तामाङ गरि १५ सदस्यीय कार्यसमिति गठन गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुदै गाउँपालिका अध्यक्ष रामसिङ तामाङले नयाँ कार्यसमितिलाई बधाई दिनुभयो । तामाङ घेदुङ संघले सिङ्गो तामाङहरुको हकहित र अधिकारको लागि काम गर्दै आइरहेको बताउनुहुदै नेपाल तामाङ विद्यार्थी घेदुङ संघ धादिङले धादिङ जिल्लाभरीका सम्पुर्ण तामाङ विद्यार्थीहरुको अधिकार र हकहितको काम पर्छ र यसमा म आफ्नो तर्फबाट एउटा स्थानीय सरकार प्रमुख भएको हुनाले गाँउपालिकाबाट सक्दो सहयाग गर्नेछु ।
 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here