जेनिशा मानन्धर द्वारा लिखित उपन्यास ‘लस्ट लेटर्स’ सार्वजनिक

काठमाडौ । अस्ट्रेलियामा बसोबास गर्दै आएकी जेनिशा मानन्धरको उपन्यास ‘लस्ट लेटर्स’ सार्वजनिक गरिएको छ।
मंगलबार काठमाडौंमा आयोजित एक समारोहमा प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगर, काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल, बुढानिलकण्ठ महानगरपालिकाकी उपप्रमुख अनिता लामा, साहित्यकार इन्दिरा प्रसाई, कवि उषा शेरचन, प्रदेश सभा सांसद यमुना श्रेष्ठलगायतले संयुक्त रुपमा उक्त पुस्तक विमोचन गरेका हुन्।
नेप्लीज फेसन होमले उपन्यास विमोचन कार्यक्रम आयोजना गरेको हो। 
‘लस्ट लेटर्स’ मा समावेश गरिएको कथालाई विभिन्न कालखण्डहरूमा सेट गरिएको छ। एउटा अहिलेको आधुनिक संसारको हो भने अर्को त्यो समयको कथा हो जब विदेशीहरूले काठमाडौंमा सान्त्वना पाएका थिए, जसलाई हिप्पी युग पनि भनिन्छ। लस्ट लेटर्स भाग्यले बाँधिएका तथा दूरीबाट प्रभावित भएका चार फरक व्यक्तिहरूको प्रेम कथा हो।

‘काठमाडौंको झोँछे सधैं एउटा त्यस्तो ठाउँको रूपमा रहेको छ, जहाँ म मेरा साथीहरूसँग लामो समय बिताएर आफ्ना भावना तथा विचारहरू उनीहरुसँग छलफल गर्न मन पराउँछु। हरेक पटक म त्यहाँ पुगेर साथीहरुलाई पर्खिएर बस्दा त्यहाँ वरपर भएका मानिसहरूलाई हेर्छु र उनीहरूकै कथाहरू बनाउँछु,’ लेखक मानन्धरले भनिन्। 
लेखक मानन्धरलाई बधाई दिँदै काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोलले भनिन्, ‘यो पुस्तकमा सम्बन्ध, माया, प्रेमको बारेमा छ र यो कुरा हामीले पनि गुमाइरहेको अवस्था छ। अब यो किताबले फेरि जोड्ने छ भन्ने आशा लिएको छु।’
अंग्रेजी भाषाको पुस्तक एमाजनले प्रकाशन गरेको हो। श्रेयस्कर डंगोलले कभर डिजाइन गरिएको उपन्यासलाई अमेजनमार्फत खरिद गर्न सकिनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here