प्रथम इमिरेट्स खुला कराते प्रतियोगितामा सहभागी हुन रुबीभ्याली कि बिनुमाया घले दुबै प्रस्थान

धादिङ । अन्तरास्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जित्न सफल भै सकेकी बिनु माया घले मार्च ३ देखि ५ गते सम्म दुबैमा हुने प्रथम इमिरेट्स खुला कराते प्रतियोगितामा सहभागी हुन बुधबार त्यस तर्फ प्रस्थान गरेकी छिन ।

नेपाल बाट १४ जना खेलाडीहरु उक्त खेलमा सहभागी हुँदै छन भने खेलाडी सहित २४ जनाको टोलि बुधबार त्यस तर्फ प्रस्थान गरिएको सोम बहादुर तामाङले होराईजन खबरलाई जानकारी गराउनु भयो ।

Bangladesh Karate organization को आयोजनामा गत पुस २९ र ३० गते भएको “चौथो अन्तरास्ट्रिय खुल्ला कराते प्रतियोगिता” मा समेत सहभागी भै बिनुमाया घलेले स्वर्ण पदक जित्न सफल भै सकेकी छिन । उक्त प्रतियोगितामा सार्क राष्ट्र र उत्तर कोरिया सहभागी थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here