रुबिभ्याली गाउँ प्रहरी सेवा करार भर्नाको परिक्षा फागुन १६ गते हुने

धादिङ । रुबिभ्याली गाउँ प्रहरी सेवा करार भर्नाको परिक्षा फागुन १६ गते बिहान ११ बजे धादिङ बेसीमा हुने भएको छ ।
गाउँपालिकाले गाउँ प्रहरी सहायक निरीक्षक १ जना , हवल्दार १ जना र जवान ५ जना सहित जम्मा ७ जनाको करार दर्वन्दी सेवा माग गरेको थियो ।

त्यस्तै परिक्षा तीन चरणमा हुने र पहिलो चरण फागुन १६ गते स्वास्थ परिक्षण हुने, फागुन १७ गते तन्दुरुस्ती परिक्षण हुने छ भने फागुन १८ गते स्वास्थ्य परिक्षण हुने गाउँ पालिका प्रशासनिक अधिकृत नवीन कुमार गोलेले बताउनु भयो ।
गाउँपालिका भित्र हुने विभिन्न अपराध, गैरकानुनी रुपमा हुने कार्यहरु रोकथाम, पालिकाको सिमामा विशेष निगरानी सहित सुरक्षा र आन्तरिक तथा वाह्य पर्यटकहरूलाई सुरक्षित महशुस गराउनका लागि गाउँ प्रहरी सेवा ल्याइएको गाउँ पालिका प्रमुख रामसिङ तामाङ बताउनु हुन्छ ।

थप जानकारीको लागि पालिका द्वारा प्रकाशित सुचना हेर्न सकिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here