धादिङका क्रियाशील पत्रकार र कलाकारबिचको फुटबल प्रतियोगितामा पत्रकार समुह बिजयी

 
धादिङ । नेपाल पत्रकार महासंघ धादिङको आयोजनामा धादिङबेशीमा भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा सम्पन्न भएको छ । जिल्लामा क्रियाशील पत्रकारहरु र कलाकारहरु भएको मैत्रिपुर्ण फुटबल प्रतियोगितामा पत्रकारको टिम बिजयी भएको हो ।
नेपाल पत्रकार महासंघ धादिङमा आबद्ध पत्रकारहरुको टिमले कलाकारको टिमलाई १३–१२ गोलको अन्तरले पराजित गरेको हो । बिजयी पत्रकार समुहले ट्रफि र मायाको चिनो पाएका छन् ।
महासंघले प्रतियोगितामा सहभागि कलाकारहरुलाई पनि मायाको चिनो प्रदान गरेको छ। यसैगरी नेपाल पत्रकार महासंघ धादिङलाई गोल्डेन आई एजुकेशन ईन्स्टिच्युटले जर्सी प्रदान गरेको थियो ।

त्यस्तै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल बागमती प्रदेशले बिजेता खेलाडीहरुलाई जर्सी प्रदान गरेको छ । प्रतियोगितामा धादिङ फुटसल क्लब एकेडेमीका सञ्चालक गोपी कृष्ण भण्डारीले रेफ्रीको भूमिका निर्वाह गर्नुभएको थियो ।
पत्रकार र कलाकार विचको आत्मियता प्रगाढ बनाउन प्रतियोगीता आयोजना गरिएको नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्माले बताउनुभयो ।
नेपाल राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको केन्द्रिय आठौं महाधिवेशनको अवसरमा पारेर धादिङमा कलाकारहरुलाई स्वागत गर्नको लागि प्रतियोगिता राखिएको पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्माले बताउनुभयो ।
आजदेखी धादिङबेशीमा शुरु भएको नेपाल राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको केन्द्रिय आठौं महाधिवेशनको समापन भने आईतबार हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here