खनियाबास ४ को घाम्सा सल्लेरीमा आयोजित बृहत सोनाम ल्होछार कार्यक्रम सम्पन्न

धादिङ । खनियाबास गाउँपालिका ४ घाम्सा सल्लेरी, दार्खामा आयोजित बृहत सोनाम ल्होछार विशेष कार्यक्रम शनिबार सम्पन्न भएको छ । राष्ट्रिय पर्व मञ्जुश्री संम्बत २८५९ सोनाम ल्होछार ह्योई ल्हो बिरालो बर्गको अबसरमा सोनाम ल्होछार विशेष वृहत म्हेन्दोमाया सांस्कृतिक कार्यक्रम तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो ।

रङ्ज्युङ तेन्पा बोद्ध गुम्बाको आयोजना तथा रङ्ज्युङ युवा समाज सह आयोजनामा खनियाबास गाउँपालिका अध्यक्ष रन बहादुर तामाङको प्रमुख आतिथ्य तथा खनियाबास ४ का वडा अध्यक्ष लिला मान तामाङको विशेष आतिथ्य त्यस्तै गणेश कुण्ड माध्यमिक विद्यालयका प्र.अ.धन बहादुर तामाङको आतिथ्य एबं दिल बहादुर लोप्चन तामाङको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । त्यस्तै कार्यक्रमको संचालन स्वस्थ्य कर्मी बिजय तामाङले गर्नु भएको थियो ।

कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाउनका लागि ख्यातिप्राप्त चर्चित कलाकारहरु युबि मोङ्रेसा, रमला पाख्रिन, सन्दीप स्याम्चेन,दिल कुमार,बिकाल तामाङ,सृष्टि थोकार,मोहन सिंह,निसा तामाङ  लगाएतका कलाकारहरुको बेजोडको प्रस्तुति रहेकोे थियो ।

कार्यक्रमलाई सम्बोधन गर्नु हुदै खनियाबास गाउँपालिका अध्यक्ष एबं कार्यक्रमका प्रमुख अतिथि रन बहादुर तामाङले गुम्बालाई नगद रु १ लाख १५ हजार सहयोग गर्ने त्यस्तै विशेष अतिथि वडा न. ४ का अध्यक्ष लिलामान तामाङले नगद रु ५० हजार सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here