सामाजिक अभियान्ता तारा बराल माइतीघरबाट पक्राउ

काठमाडाैँ । सामाजिक अभियान्ता तारा बराल माइतीघरबाट पक्राउ परेकी छन् ।
नेपाल क्रिकेट संघले क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेपछि क्यानको विरुद्धमा आन्दोलन गरिरहेका बेला बराल पक्राउ परेकी हुन् । 
प्रहरीका अनुसार अर्कै समूहले गरिरहेको आन्दोलनमा विथोल्न आएपछि बराललाई पक्राउ गरिएको हो । तर, बरालले सन्दीपको पक्षमा र क्यानको निर्णयको पक्षमा आवाज उठाएको बताएकी छन् । 
सन्दीप लामिछानेलाई योजनावद्ध बलात्कारको आरोप लगाइ क्यानबाट निलम्बन गर्ने पक्षले आन्दोलन गरेका र आफू त्यसको विरुद्धमा रहेको बरालले प्रतिक्रिया दिएकी छिन् । 
विभिन्न महिला अधिकारकर्मी र संघ सस्थाहरूले आरोपीको निलम्बन फुकुवादेखी राष्ट्रिय टिमसम्मको प्रवेशमा सरकार र प्रतिपक्ष पार्टी दुबैको मौनता र क्यानको अटेरी गरेको भन्दै माइतीघरमा प्रदर्शन गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here