कामको तनाव कम गर्न यि तरिकाहरु अपनाउनु होस

प्रेरक प्रसङ्ग । “काम भनेको जेङ्गा खेलजस्तै हो, जहाँ हामी पुराना सबै कुरा स्थिर राख्दै नयाँ कुरा थप्ने प्रयास गर्छौँ।”
यो भनाइ अनुसन्धानकर्ता ब्रुस डेज्लीको हो। उनी कार्यसंस्कारबारे अध्ययक गर्छन् र काममा कसरी खुसी हुन सकिन्छ भन्ने विषयमा लेख्छन् र पडकास्ट गर्छन्। उनी सामाजिक सञ्जाल ट्विटरमा काम गर्छन् र युरोप, मध्यपूर्व तथा अफ्रिका क्षेत्रको जिम्मेवारी हेर्छन्।
जीवनलाई कसरी धेरै तनावमुक्त पार्न सकिन्छ भन्ने निम्न उपाय उनले बीबीसी आइडियाज लाई बताए।
खाजा समय निकाल्नुहोस्
परिवर्तन गर्न सकिने दोस्रो सबैभन्दा राम्रो र सहज बानी खाजा खाने समय निकाल्नु हो।
काम गर्ने ठाउँभन्दा टाढा गएर ऊर्जा लिनु क्रान्तिकारी कदमजस्तो नदेखिन सक्छ। तर काम गर्दै टेबलमा बसेर खाने बानी यति सामान्य भइसक्यो कि त्यसले तनावको मात्रा बढाइरहेको छ।
भिक्षुको जस्तो व्यवहार
हामीमध्ये धेरैलाई काम सम्पन्न गर्ने क्रममा थुप्रै अवरोधहरू आएको र काम सक्न कठिन भएको महसुस हुन्छ।
वाशिङ्टनस्थित जोर्जटाउन विश्वविद्यालयका प्राध्यापक तथा डीप वर्क पुस्तकका लेखक वेल क्याल न्यूपोर्ट भन्छन् – हामीले बिहानको समयलाई भिक्षुले जसरी व्यतीत गर्ने विषयमा सोच्नुपर्छ।
भिक्षुले जसरी कसरी समय व्यतीत गर्न सकिन्छ त?
हप्ताको दुई पटकजति आवाज वा अवरोध नहुने शान्त स्थानमा जाने र एक पटकमा ९० मिनेट जति बस्ने।
त्यसपछि हामी सामान्य रूपमै कार्यालय जान सक्छौँ र बैठक एवम् इमेलजस्ता दैनिक काममा लाग्न सक्छौँ।
कुरा गर्नुहोस्
धेरै कम्पनीहरू कार्यालयभित्र कसरी नवीन र रचनात्मक वातावरण बनाउन सकिन्छ भनेर सोचिरहेका हुन्छन्।
म्यासचुसिट्स इन्स्टिट्युट अफ टेक्नोलजीले गरेको रोचक अनुसन्धानले कार्यालयमा सिर्जनशीलता र रचनात्मकता बढाउने सबैभन्दा उत्तम उपाय त्यहाँ हुने कुराको मात्रा भएजि देखाएको छ।
अनुसन्धानकर्ता बेन वाबर भन्छन् – तपाईँको कार्यालयमा सिर्जनात्मक वातावरण बढाउन त्यहाँको कफी बनाउने मशिनको स्थान सार्नु एउटा उत्तम उपाय हो।
५. डिजिटल उपकरण नचलाउने दिन बनाउनुहोस्
हामीलाई काममा रचनात्मक हुन र नयाँ विचारहरू ल्याउन नदिने सबैभन्दा ठूलो अवरोध तनाव रहेको अध्ययनकर्ताहरूको निष्कर्ष छ। र, मोबाइल फोन बोकेका हामीहरू पहिलेभन्दा धेरै तनाव महसुस गरिरहेका छौँ। बीबीसी विश्व सेवा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here