स्पेन पठाउने भनी ८ लाख पैसा लिएर ५ बर्ष देखि फरार धादिङका मानसिङ लामा

धादिङ । गंगाजमुना २, साबिकको री गाबिस वडा न ८ ठेगाना भएका मानसिङ लामाले २०७३ सालमा स्पेन पठाउने भनी नगद रु ८ लाख लिएर स्पेन नै नपठाई फरार भएको रुबीभ्याली ४ बोराङ स्थाई ठेगाना भै हाल काठमाडौ बस्दै आउनु भएकी पीडित संगीता तामाङ बताउनु हुन्छ ।

२०७४ सालमा पीडित संगीता तामाङ र फरार लामा बीच आपसी समझदारीमा स्पेन पठाउन नसकेमा सम्पुर्ण पैसा र त्यसको ब्याज समेत दिन्छु भनी गोर्खाका प्रेम बहादुर गुरुङको जग्गा आफ्नै भनी बन्धकी राख्छु भनि झुक्याएर कागज तथा तमसुक गरे र त्यस दिन देखि हाल सम्म पनि सम्पर्कमा नआएको पीडित तामाङ बताउनु हुन्छ ।

नगद रु ७ लाख र डलर आवस्यक पर्छ भनी पछि फेरि छुट्टै १ लाख १५ हजार नगद लिइ हाल सम्म पनि सम्पर्कमा नआएपछि त्यस पछीका दिनहरुमा पीडित तामाङले धेरै समस्याहरु भोग्नु परेको बताउनु हुन्छ ।

उक्त रकम अरु बाट ऋण लिएको र त्यसको सावाँ ब्याज गर्दा झन्डै २० लाख भए पछि, धादिङ सल्यानटारमा रहेको जग्गा बेचेर उक्त ऋण चुक्ता गरे । त्यही रकमको कारण घरायसी लगायत धेरै किसिमको समस्याहरु हाल उत्पन्न भैरहेको संगीता तामाङ बताउनु हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here