मेन्दोमाया कलाकार संघ रुबीभ्यालीले काठमाडौमा सोनाम ल्होछार विशेष कार्यक्रम गर्ने

काठमाडौ । तामाङ समुदायको महान पर्व एवं नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछारको पावन अवसरमा “मौलिक संस्कार,संस्कृतिको संरक्षण गरौं, २८५९ औं सोनाम ल्होछार भब्यताका साथ मानाऔ” भन्ने मुल नाराका साथ आफ्नो मौलिक पहिरनमा सजिएर “शुभकामना आदान-प्रदान तथा वृहत सांस्कृतिक कार्यक्रम २०७९ काठमाडौमा भब्य रुपमा मनाइने भएको छ ।

मेन्दोमाया कलाकार संघ रुबीभ्याली कार्यसमितिको आयोजनामा प्रतिनिधि सभा सदस्य बुद्धिमान तामाङको प्रमुख आतिथ्य एबं प्रतिनिधि सभा सदस्य बिना तामाङ र प्रदेश सदस्य डम्बर तामाङको विशेष आतिथ्यमा हुन लागिएको उक्त कार्यक्रममा मेन्दोमाया सर्जकहरुको आतिथ्य तथा बेजोडको प्रस्तुति रहने अध्यक्ष जयबिर तामाङले बताउनु भयो ।

कार्यक्रम माघ १४ गते शनिबार श्री मानंसिङ धर्म माध्यमिक बिद्यालय, मनमैजु, काठमाडौं सोनाम ल्होछार विशेष कार्यक्रम हुन लागिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here