सोनाम ल्होसारको अवसरमा धादिङ बेशीमा माघ ८ गते बृहत सांस्कृतिक कार्यक्रम हुने

धादिङ । २८५९ औं सोनाम ल्होसार एबं तामाङ जातिको नयाँ वर्षको रुपमा मानिने सोनाम ल्होसारको अवसरमा धादिङवेंशीमा भब्य रुपमा बृहत सांस्कृतिक कार्यक्रम सहित मनाउने भएको छ । तामाङ घेदुङ धादिङ जिल्ला कार्यसमितिको आयोजनामा २०७९ माघ ८ गते मनाउन लागिएको हो ।

शास्त्र हराए संस्कृति हराउँछ, संस्कृति हराए परम्परा हराउँछ, परम्परा हराए पहिचान हराउँछ, पहिचान हराए जात हराउँछ र भाषा हराए देश हराउँछ भन्ने मुल नाराका साथ यो वर्ष विशेष तरिकाले ल्होछार कार्यक्रम आयोजना गर्न लागिएको हो ।
कार्यक्रम धादिङवेंशीको खुल्लामन्चमा हुने छ भने विभिन्न चर्चित म्हेन्दोमाया कलाकारहरुको बेजोडको प्रस्तुति समेत रहेने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here