सापकोटालाई फ्रान्सको वर्ल्ड युनिभर्सिटी द्वारा मानार्थ विद्यावारिधी प्रदान: उनका संघर्षका यात्राहरु

धादिङ । धादिङको निलकन्ठ नगरपालिका-१० ज्यामरुङमा जन्मिएका सापकोटा हाल एक सफल तथा स्थापित पर्यटन व्यवसायी हुन ।

पर्यटन व्यवसायी कमल सापकोटलालाई फ्रान्सको वर्ल्ड युनिभर्सिटीले मानार्थ विद्यावारिधी प्रदान गरिएको छ । World University of Leadership & management (WULM) France ले Business & Leadership क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउन सफल भए वापत मनार्थ विद्यावारिधी Honorary Doctorate उपाधिले सम्मानित गरेको हो ।

पदयात्री पर्यटकहरुको भरिया बनेर नेपालका विभिन्न पर्यटकिय गन्तव्यमा आरोहण गरेको अनुभव समेत बोकेका गाइड(पथ प्रदर्शक) को रुपमा फडको मारे । उद्यमी बन्ने सपनाले उनको मनमा घर बनाएपछि ट्रेकिङ व्यवसाय सुरु गरे । सन २००४ मा माउन्टेन डिलाइट ट्रेकिङ एन्ड एक्सपिडिसनबाट व्यावसायिक दुनियाँमा प्रवेश गरेका उनले अन्य क्षेत्रमा समेत लगानी बढाए ।
उनको स्वाभिमानमा काठमाडौंको ठमेलमा काठमाडौं गार्डन् होम होटेल संचालनमा छ । साथै उनले माउन्टेन डिलाईट टुर्स एन्ड ट्रेभल संचालन गरेका छन । निकट भविष्यमै सुर्यचौर नेचर रिट्रीट प्रालि, सुर्यचौर प्याराग्लाइडिङ प्रालि र कम्युनिटी फार्म हाउस पनि संचालन हुदैछ । युरोप र एसिया गरि १५ भन्दा बढी मुलुकमा भ्रमण गरेका उनले अन्तरास्ट्रिय क्षेत्रबाट समेत ज्ञान हासिल गरेका छन । व्यवसायसंग संगै सामाजिक सेवामा समेत सकृय रहेका उनले नेपालमा दुर्गम भेगमा शिक्षा, स्वास्थ्य र महिला सशक्तीकरणमा योगदान पुर्याउदै आएका छन । त्यसैगरी टुकी नेपाल, लाइन्स क्लब, रेड क्रस सोसाइटी र हेडस नेपाल जस्ता सामाजिक संस्थाहरुमा पनि आबद्ध छन ।
भिटोफ नेपालको अध्यक्ष रहि सफल नेतृत्व प्रदान गरेको अनुभव उनीसँग छ । व्यवसाय र समाजसेवामा सकृय उनलाई दर्जनौं संघ सन्स्थाहरुले सम्मानित तथा पुरस्कृत समेत गरेका छन ।
उनी सामाजिक उध्यमशिलता अवार्ड ‘२०११’ बाट सम्मानित भएका छन । ‘युथ इन्स्पिरेसन अवार्ड २०१९ बाङ्लादेश, टुरीजम म्यान अफ दि इयर २०१७, माउन्ट एभरेस्ट टुरीजम प्रोमोसन एम्बेसडर अवार्ड २०१६, सस्टेनेबल टुरीजम अन्तरास्ट्रिय अवार्ड २०१३ लगायत दर्जनौं अवार्ड उनले प्राप्त गरेका छन । रोहित भण्डारीद्वारा लिखित नेपालमै संभव छ प्रेरणाका २३ पात्र नामक पुस्तकमा समेत सापकोटाको प्रोफाइल छपिएको छ ।
 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here