रुस द्वारा पाकिस्तानलाई कठिन अवस्थामा सहयोग

अन्तरास्ट्रिय खबर । पाकिस्तानको वर्तमान खाद्यान्न संकटको बीचमा रुसबाट ठूलो सहयोग आएको छ । शाहबाज सरिफ सरकारले रुसबाट खरिद गरेको गहुँको पहिलो खेप सोमबार कराँची बन्दरगाह पुगेको छ । खाद्य सुरक्षा मन्त्रालयका अधिकारीहरूले गहुँले भरिएका दुई जहाज कराँची पुगेको घोषणा गरेका छन्। रुसबाट थप ४ लाख ५० हजार टन गहुँ ग्वादर बन्दरगाह हुँदै पाकिस्तान पुग्ने उनले जानकारी दिए ।
गहुँको अभाव पूरा गर्न पाकिस्तान सरकारले कुल ७५ लाख टन गहुँ आयात गरिरहेको छ । पाकिस्तानले रुसबाट खरिद गरेको गहुँ मार्च ३० सम्ममा पाकिस्तान पुग्नेछ । रुससँगै अन्य मुलुकबाट आयात हुने गहुँ पनि कराँची बन्दरगाहमा पुग्ने गरेको छ । द एक्सप्रेस ट्रिब्युनको रिपोर्ट अनुसार कराची बन्दरगाहमा अहिलेसम्म ३ लाख ५० हजार टन गहुँ आइपुगेको छ ।
पाकिस्तानको आर्थिक अवस्था अत्यन्तै नाजुक छ र विदेशी मुद्रा सञ्चिति समाप्तिको संघाररमा छ। पाकिस्तानमा बाढीले गहुँबाली पूर्णरुपमा नष्ट गरिदिएपछि जनतालाई दुई समयको खाना पाउन मुस्किल भएको छ ।
मानिसहरु पिठोको बोरा लिन लामो लाइनमा उभिएका देखिन्छन् । यस्तो अवस्थामा सरकारले जनतालाई ६ सय ५० रुपैयाँ अनुदानमा १० किलो पीठो दिइरहेको छ । यो सहुलियतको पीठोका लागि सिन्ध प्रान्तमा एक व्यक्तिको ज्यान गएको छ । अहिले यो सहुलियतको पिठो पनि बजारमा आउन बन्द भएको बताइएको छ ।
पाकिस्तानमा एक किलोको पिठो १३० रुपैयाँ, मैदा १५० रुपैयाँ र मिलको पिठो १६० रुपैयाँमा बिक्री भइरहेको छ । गहुँको मूल्यवृद्धि र ग्यासको अभावका कारण पाकिस्तानमा २५ रुपैयाँमा रोटी उपलब्ध छ ।
पाकिस्तान फ्लोर मिल्स एसोसिएसन सिन्ध क्षेत्रका अध्यक्ष चौधरी अमिरले भने, ‘देशमा गहुँको मौज्दात घट्दै गएको छ । सरकारले ३० प्रतिशत मात्रै गहुँ कोटा दिइरहेको छ । ७० प्रतिशत गहुँ खुल्ला बजारबाट किन्दै आएका छौं ।’
सय किलो गहुँको बोराको मूल्य १२ हजार ५ सय रुपैयाँ पुगेको उनले बताए । पाकिस्तानमा गहुँको खपत पनि धेरै छ। कराचीमा मात्रै दैनिक ९ हजार टन गहुँ खपत हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here