खनियाबास ३ मा माघे सङ्क्रान्ति तथा सोनाम ल्होसारको अवसरमा भलिबल प्रतियोगिता हुने

धादिङ । माघे संक्रान्ती तथा सोनाम ल्होछारको पावन अवसरमा खनियाबास-३ बृचेतमा थ्रीडि बृचेत युवा क्लब र प्रगतिशील आमा समुहको संयुक्त आयोजनामा पुरुष तथा महिला भलिबल प्रतियोगितामा हुने भएको छ ।

साथै खेलमा सहभागी हुन इच्छुक टिमले माघ१७ गते देखि २० गते सम्म टिम दर्ता गर्न सकिने छ भने खेलको उत्घाटन माघ २१ गते हुने र फाईनल खेल माघ २७ गते हुने छ भने बृहत ल्होछार सांस्कृतिक कार्यक्रम तथा पुरस्कार बितरण कार्यक्रम माघ २८ गते हुने आयोजक टिमले जनाएको छ ।

टिम दर्ता शुल्क तथा पुरस्कार राषी निम लिखित रहेका छन ।

👉️ पुरुष तर्फ टिम शुल्क =रु ३,००० (तीन हजार )मात्र
प्रथम पुरस्कार =रु ३०,००० नगदसहित शिल,मेडल,प्रमाणपत्र
दोस्रो पुरस्कार = रु २०,००० नगदसहित शिल,मेडल,प्रमाणपत्र
तेस्रो पुरस्कार =रु १०,००० नगदसहित शिल,मेडल,प्रमाणपत्र
चौथो पुरस्कार = रु ५,००० नगदसहित शिल,मेडल,प्रमाणपत्र
र उत्कृष्ट खेलाडीहरुलाई छनोट गरि पुरस्कार समेत प्रदान गरिने आयोजक टिमले बताएको छ ।

👉️ महिला तर्फ टिम शुल्क =रु १५,००(पन्ध्र सय)मात्र
प्रथम पुरस्कार =रु १५,००० नगदसहित शिल,मेडल,प्रमाणपत्र
दोस्रो पुरस्कार =रु १०,००० नगदसहित शिल,मेडल,प्रमाणपत्र
तेस्रो पुरस्कार =रु ५,००० नगदसहित शिल,मेडल,प्रमाणपत्र
चौथो पुरस्कार =रु ३,००० नगदसहित शिल,मेडल,प्रमाणपत्र
साथै उत्कृष्ट खेलाडीहरुलाई छनोट गरि पुरस्कार समेत प्रदान गरिने आयोजक टिमले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here