आज नेपाल सहित विश्वभर क्रिसमस मनाइँदै

काठमाडाैँ । आज विश्वभरका क्रिश्चियन धर्मावलम्बी क्रिसमस डे मनाउँदै छन् । हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुसियाली स्वरूप क्रिश्चियन धर्मावलम्बीले क्रिसमस मनाउने गर्छन् । 
‘ख्रीष्टमस’ पनि भनिने यस अवसरमा आज देशभरका चर्चमा प्रार्थना गरी येशु ख्रीष्टको सम्झना गरिन्छ । क्रिसमस डेमा येशुको शिक्षा एवं उपदेशको मनन गर्नुका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान गरिन्छ ।
नेपालमा पनि विभिन्न कार्यक्रम गरी क्रिसमस मनाइँदै छ । राष्ट्रिय ख्रिष्टियन महासंघले विभिन्न कार्यक्रम आयोजना गरेको छ । क्रिसमसका लागि काठमाडाैँका विभिन्न मल, हाेटलमा साजसज्जा गरिएकाे छ । ठमेल, बौद्ध, ललितपुर, भक्तपुर, पोखरालगायत स्थानमा विशेष रौनक छ ।
क्रिसमस डेका अवसरमा आज सरकारले सम्बन्धित धर्मावलम्बीहरूलाई सार्वजनिक बिदासमेत दिएको छ ।
नेपालमा ४०० वर्षअघिदेखि क्रिसमस मनाउन थालिएको राष्ट्रिय ख्रिष्टियन महासंघले जनाएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here