सरकार गठनकाे गृहकार्यमा दलहरू सक्रिय

काठमाडौँ । सरकार गठनका लागि राष्ट्रपति कार्यालयले दिएको समय सीमा सकिन १ दिन बाँकी रहँदा दलहरू तीव्र कसरतमा लागेका छन् ।
 
अहिले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले पनि हस्ताक्षर सङ्कलन गरिरहेका छन् । नेपाली कांग्रेसले बिहानदेखि नै हस्ताक्षर संकलन गरिरहेको छ । 
 
शनिबार नेपाली कांग्रेस, नेकपा माओवादी (केन्द्र) र नेकपा एकीकृत समाजवादीले सांसदको हस्ताक्षर संकलन गरिरहेका छन्  । अहिले आ–आफ्नो पार्टीका सांसदको हस्ताक्षर संकलन गरेपछि ३ बजे बस्ने गठबन्धनको बैठकले सरकारका बारेमा निर्णय गर्ने सम्भावना छ । 
 
अहिलेसम्म नेपाली कांग्रेस र नेकपा माओवादी (केन्द्र)ले सरकारको नेतृत्वको दाबी गरेका कारण सहमति जुट्न सकेको छैन । नेताहरू सकभर गठबन्धनको सहमतिमा सरकारमा जाने तयारी गरिरहेका छन् । 
 
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी (केन्द्र)का अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड)ले प्रधानमन्त्रीको दाबी गरिरहेका छन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here