चिसो बढे सगै मौसमी रुघाखोकीका लक्षण र यस बाट बच्ने उपायहरू

काठमाडाैँ । मौसमी रुघाखोकी ज्वरोले विभिन्न उमेर समूहका व्यक्तिहरू बिरामी हुने गर्दछन् । यो रोगको प्रकोप नेपालका विभिन्न भूभागमा समय समयमा देखिने गरेको छ । जाडो यामको सुरु तथा अन्त्यमा साधरणतया रुघाखोकी ज्वरो, इन्फ्लुएञ्जाका बिरामी बढी देखिने गर्दछन् । 

लक्षण
–    ज्वरो आउने (१००.४ डिग्री फरेनहाइट भन्दा बढी)
–    टाउको दुख्ने
–    घाँटी दुख्ने
–    रुघाखोकी लाग्ने
–    श्वास फेर्न गाह्रो हुने
–    बच्चाहरूलाई झाडा पखाला समेत हुन सक्छ
 
बच्ने उपाय
–    खोक्दा हाच्छिउँ गर्दा सफा कपडा वा रुमाल वा पाखुराले नाक, मुख छोप्ने गरौँ ।
–    साबुन पानीले मिची मिची हात धुने गरौँ ।
–    पोसिलो र झोल पदार्थ प्रशस्त मात्रामा पिउने गरौँ ।
–    ज्वरो आएको व्यक्तिले नगुम्सिएको, हावा ओहोर दोहरो हुने कोठामा आराम गरौँ ।
–    अनावश्यक रूपमा मानिसहरूको भिडभाड भएको ठाउँमा नजाऔँ ।
–    ज्वरो रुघाखोकी लागेको बिरामीको घरेलु उपचारबाट स्वास्थ्यमा सुधार नभएमा आवश्यक उपचारको लागि नजिकको स्वास्थ्य संस्थामा लैजाऔँ ।
–    शङ्कास्पद रोगी व्यक्तिवाद सकभर टाढै बसौँ ।
–    आँखा, नाक तथा मुखमा अनावश्यक रूपमा हात नलैजाऔँ ।
–    सकभर अरू व्यक्तिहरूसँग हात नमिलाउने, नमस्कार गर्ने ।
–    अरूले प्रयोग गरेका रुमाल, कपडा प्रयोग नगरौँ ।
–    नाक, मुख छोप्दा प्रयोग भएका रुमाल राम्ररी धोएर वा सफा गरेर मात्र पुनः प्रयोग गर्ने ।
 
साभार: ‘स्वास्थ्य विज्ञान’ पुस्तकबाट
प्रकाशित मिति: ७ पुष २०७९,बिहीबार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here