आज सत्तारूढ गठबन्धनको बैठक बस्दै

काठमाडौं । चुनाव परिणामको समीक्षा र सरकार गठनको सम्भावनाबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक आज बस्दै छ । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनपछिको समग्र अवस्था र भावी सरकार गठनको विषयमा छलफल गर्न आज दिउसो बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक बस्ने भएको हो।
यो पनि : माधव नेपाल र घनश्याम भुसालबीच भेटवार्ता:नेकपा एमाले परित्याग गरेका नेता घनश्याम भुसाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
आइतबार बिहान नेपाल निवास कोटेश्वर पुगेर भुसालले नेपाललाई भेटेका हुन् । मंसिर ४ गते भएको प्रतिनिधिसभामा एमाले अध्यक्ष ओलीले टिकट नदिएपछि उनले एमाले त्याग्दै सत्ता गठबन्धनको समर्थनमा रुपन्देही १ बाट उम्मेदवारी दिएका थिए । तर, उनी पराजित भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here