त्रिविलाई रिजल्ट प्रकाशन गर्न अखिल (क्रान्तिकारी) द्वारा १ हप्ते अल्टीमेटम

काठमाडौं । माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) पवन कार्की समुहले आज त्रिभुवन विश्वविद्यालय परीक्षा नियंत्रण कार्यालयमा ज्ञापनपत्र बुझाएको छ।
ढिलासुस्ती,अनियमिता र अस्तव्यस्तताले त्रिविको छवि नै धुमिल भएको भन्दै क्रान्तिकारीले त्रिवि पदाधिकारीको अनियमिता र अक्षमतालाई सहेर नबस्ने जनाएको छ ।
कार्कीले भने –‘आज त्रिभुवन विश्वविद्यालय परीक्षा नियंत्रण कार्यालयमा विद्यार्थीको परीक्षा,रिजल्ट र सेवा सुबिधामा भएको ढिलासुस्ती हटाउन १ हप्ते अल्टीमेटम सहित अखिल(क्रान्तिकारी)केन्द्रीय समितिको तर्फबाट परीक्षा नियंत्रकलाई ज्ञापनपत्र बुझाइएको छ ।परीक्षा नियन्त्रक ज्यू को प्रतिबद्धता अनुसार लामो समय देखि प्रकाशित हुन नसकेको रिजल्ट १ हप्ता भित्र प्रकाशन हुनेछ।’
उनले विद्याथीका माग अनुसार विश्व विद्यालयले काम कारबाही अघि नबढाए विश्वविद्यालय र पनिकाका संपूर्ण पदाधिकारीलाई असक्षम घोषणा गरी आन्दोलनमा जाने चेतावनी समेत दिएका छन् ।
साथै, कार्कीले अहिले चलिरहेको परिक्षा प्रणाली पुरानो र काम नलाग्ने भएको भन्दै नयाँ परिक्षा प्रणालीको विकासमा बहस केन्द्रीत गर्न विद्यार्थीहरु आह्वान समेत गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here