निर्वाचन नजिकै चिनियाँ उपमन्त्री ली छ्युन नेपाल आउँदै

काठमाडौँ । चीनको संस्कृति तथा पर्यटन उपमन्त्री ली छ्युन आम निर्वाचनमो मुखमा नेपाल आउने भएका छन्। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन भन्दाअघि नै उनी नेपाल भ्रमणमा आउन लागेका हुन् ।​
मन्त्रालयले चिनियाँ उपमन्त्री नेपाल आउने कार्यक्रम रहेको तर मिति यकिन नभएको जानकारी दिएको छ । मँत्रालयले स्रोतले भन्यो, ‘उहाँ आउँदै हुनुहुन्छ तर, समय यकिन भैसकेको छैन ।’

परराष्ट्रमन्त्री नारायण खड्का चुनावी कार्यक्रममा उदयपुरमा छन्। खड्काको अनुपस्थितिमा पर्यटनमन्त्री श्रेष्ठले चिनियाँ पाहुनालाई स्वागत गर्ने कार्यक्रम तय गरिएको पराष्ट्रमन्त्री खड्काका स्वकीय सचिव लिला भट्टराईले जानकारी दिए।

चिनियाँ उपमन्त्रीले काठमाडौं र भक्तपुरमा चिनियाँ लगानीमा बनेका सम्पदाहरुको अवलोकन गर्ने कार्यक्रम तय गरिएको छ। निर्वाचनको पूर्वसन्ध्यामा हुन लागेको चिनियाँ मन्त्रीको भ्रमणलाई अर्थपूर्ण रुपले हेरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here