मोबाइल एपमा रिलिज भयो कबड्डी-४

काठमाडौं । रामबाबु गुरुङको निर्देशन र दयाहाङ राईको अभिनय रहेको नेपाली चलचित्र कबड्डी-४ मोबाइल एपमा रिलिज भएको छ । शुक्रबारदेखि ‘सिनेमाघर’ एपमा यो चलचित्र उपलब्ध भएको हो । हलमा गएर हेर्न छुटाएका दर्शकलाई लक्षित गर्दै चलचित्र मोबाइल एपमा सार्वजनिक गरिएको निर्देशक गुरुङले बताए ।
सिनेमाघर एपका प्रमुख प्राविधिक अधिकृत (सीटीओ) सञ्जीव ढकालले सबै प्रकारका मोबाइल, ट्याब्लेट, एन्ड्रोइड टिभी, अमेजन फायर टिभी लगायतका स्मार्ट डिभाइसमा एप उपलब्ध रहेको बताए । यसका साथै क्रोमकास्ट प्रयोग गरेर समेत चलचित्रलाई विभिन्न स्क्रिनमा हेर्न सकिनेछ ।

चलचित्रका लागि २०० रुपैयाँको टिकेट शुल्क तोकिएको छ । ईसेवा, खल्ती लगायतका डिजिटल वालेटका साथै विदेशमा रहने दर्शकले पेपाल र अन्तर्राष्ट्रिय डलर कार्डमार्फत भुक्तानी गरी यो चलचित्रको हेर्नसक्ने ढकालले जानकारी दिए ।
चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, बुद्धि तामाङ, मिरुना मगर, विल्सन विक्रम राई, विजय बराल लगायतको समेत अभिनय रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here