रुबीभ्याली स्वर्गकाे एक अनुपम टुक्रा : ५ दिने यात्राको सुन्दर पलहरु

विपिन प्रसाद गुरागाँई । धादिङ्ग, नुवाकाेट तथा रसुवाकाे सीमानामा पर्ने धादिङ्गकाे रुवी भ्याली गाउपालिका एक घुम्नै पर्ने काठमाण्डाैबाट नजिककाे गन्तव्य हाे । रुबीकाे लागि प्रसिद्ध रुबी भ्याली कालाे दह,सेताे दह,गणेश हिमाल,सेर्तुङ्ग, चालीस गाउँ,ताताेपानी कुण्ड तिप्लिङ्ग ,लब्दुङ्ग, पाङ्गसाङ्गपास र साेमदाङ्ग अ‍ादि सुन्दर गाउँहरु छन्। धेरै अघिकाे हाम्राे रुबी भ्याली घुम्ने चाहना पूरा भएकाे छ ।तिहारकाे टीकाकाे भाेलिपल्ट हामी छ जना कार्तिक ११ गते विपिन प्रसाद गुरागाँई (म),नवराज अर्याल दाइ,कृष्णकुमार थापा दाइ,अशाेक बाेहाेरा दाइ ,अनिल धिताल भाइ र अमृत अधिकारी भाइ धादिङ्गकाे लागि प्रस्थान गर्याै। म , अनिल ,अशाेक दाइ र नवराज दाइ बालाजु माछापाेखरीमा ६ बजे जम्मा भई ६ वटा बसकाे टिकट लिएर निक्लियाैं । तिहारले गर्दा हाेला माईक्राे पाईएन बसमा जाने भईयाे । कृष्ण दाइ सीतापाईलाबाट चढ्नुभयाे। बाटाेमा चिया नास्ता गरेर गाडी अगाडि बढ्याे । धार्केबाट अमृत भाइ पनि चढे। अब हाम्राे यात्रा गल्छी हुँदै लगभग ३ घण्टामा धादिङ्गबेसी पुगियाे। त्यहाँ खाना खाएर जिपकाे निधाे गरि सेर्तुङ्गकाे लागि चढ्याै । रुवी भ्याली सेताे दह,कालाे दह तथा गढेश हिमाल बेसक्याम्प जानकाे लागि तयार ८ जनाकाे अर्काे ग्रुप भेटियाे जुन नन्दी गुरुङ्ग दिदीले भनेकै ग्रुप रहेछ ।गफ गर्दै बाटाेमा रमाईलाे गर्दै कच्ची बाटाे हामी लागिरहेका थियाैं।लगभग ६ घण्टाकाे यात्रा पछि हामी बाेराङ्ग गाउमा पुग्याैं । रात परिसकेकाले राति सेर्तुङ्ग नजाने निर्णय गरियाे र राति बाेराङ्गमै बास बस्याै। राति बाेराङ्गमा तामाङ्गहरुकाे साँस्कृतिक नाच,देउसी कार्यक्रममा पनि सहभागी हुने माैका मिल्याे । भाेलिपल्ट चिया नास्ता गरेर जिपबाट फेरि सेर्तुङ्गकाे लागि यात्रा शुरु भयाे । लगभग ३०,४० मिनेटमा हामी सेर्तुङ्ग गाउमा पुग्याै।सेर्तुङ्गबाट अ‍ाेर्लदै तिप्लिङ्ग गाउँ ( २०८७ मि.), चाालिस गाउकाे अवलाेकन पनि गरियाे । त्यहाँबाट ताताेपानी कुण्ड नुहाउनकाे लागि लागियाे ।ताताेपानी कुण्डमा नुहाई धुवाई त्यही रहेकाे हाेमस्टेमा खाना खाएर हामी चालीस हुँदै ठूलाे गाउँ घुमेर लब्दुङ्गमा बास बस्न अ‍ाईपुग्याै । लगभग त्याे दिन २० ,२१ कि.मि. यात्रा गरिएछ ।खाजा नास्ता गरेर त्यहाँबाट केही खाजा बाेकेर हामी पाङ्गसाङ्ग पासकाे लागि निक्लियाै।पाङ्गसाङ्ग पासबाट राम्राे हिमालकाे दृश्यावलाेकन गर्न सकिने रहेछ। चिसाे चिसाे हावा ,हुस्सु लाग्ने छिनमै खुल्ने पाङ्गसाङ्ग पासमा केही हाेटलहरु रहेकाे भएपनि बन्द थिए ।बुझेर मात्र जानुपर्दाेरहेछ। पाङ्गसाङ्ग पास ३८५० मिटर उचाईमा पर्दाेरहेछ ।बाटाेमा जादा जङ्गल,खाेलाहरु बगेका, अ‍ाँखै अगाडि देखिने गणेश,मनास्लु अ‍ादि हिमालकाे सुन्दर दृश्यहरु नियाल्दा मन नै अ‍ाल्हादित हुने।पाङ्गसाङ्गपासबाट हिड्दै हामी बेलुकीपख लगभग २०,२१ किलाेमिटर यात्रा गर्दै साेमदाङ्ग (३२७१ मि.) भन्ने गाउमा पुगियाे । खाेला किनार खाेचमा पर्ने याे गाउँबाट पनि सुन्दर हिमालहरु देखिने रहेछ।रसुवाकाे सिमानामा पर्ने साेमदाङ्ग गाउँ एउटा सुन्दर ठाउँ जहाँ केही हाेटलहरु रहेका छन्। साेमदाङ्गमा राति खाना खाएर एकछिन अ‍ागाे ताप्दै गफमा भुल्दै दिउँसभरिकाे थकाई मेट्दै थियाैं। भाेलिपल्ट बिहान नास्ता खाएर हामी रसुवाकाे लागि प्रस्थान गर्याै।एउटा खाेलाले छुट्याएकाे रहेछ धादिङ्ग र रसुवालाई । धादिङ्ग छाेडेर अब हामी रसुवामा प्रवेश गर्याै । माेटरबाटाे पनि राम्राे रहेछ साेमदाङ्ग सम्म । रसुवाकाे गत्लाङ्गबाट लगभग १ घण्टामा माेटरबाईकमा पुग्न सकिन्छ। वनजङ्गल पार गर्दै हिमालका सुन्दर दृश्यहरु नियालेदै पाङ्गसाङ्गपासलाई पनि हेर्दै हामी निरन्तर उकालाे लाग्दै रसुवाकाे खुर्पु भञ्ज्याङ्ग अ‍ाईपुग्याै। खुर्पु भञ्ज्यााङ्गबाट लाङ्गटाङ्ग रेन्ज अत्यन्त मनमाेहक देखिदाे रहेछ । चिसाे हावा ,अ‍ाँखा अगाडि सुनदर हिमालकाे दृश्य एकछिन त्यही अलमलियाैं। फाेटाे ,भिडियाे खिच्दै सम्झनास्वरुप ती दृश्य कैद गर्दै अब हाम्राे यात्रा गत्लाङ्गकाे लागि।अब भने अ‍ाेरालाे बाटाे झर्दै हामी निरन्तर अघि बढी रह्याै । बाटाेमा अ‍ामाछाेदिङ्गमा पर्ने पार्वती कुण्डमा अ‍ाईपुगेर कुण्डमा सबैले स्नान गर्याै (नवराज दाइ बाहेक)। चिसाे कुण्डकाे पानी १०८ धारामा बगेकाे त्याे पानीमा नुहाउँदा हाम्राे ३ दिनकाे सारा थकान मेटिएकाे अ‍ाभाष भयाे ।त्यहाँबाट पनि सुन्दर हिमालहरु देखिदाे रहेछ। धुन्चे बजार ,लाङ्टाङ्ग नियाल्दै त्यही रहेकाे हाेटलमा खाना खाई गत्लाङ्गकाे लागि हिडियाे । गत्लाङ्गसम्म बसकाे यात्रा गर्न सकिन्छ।हामी स्याप्रुबेसी झर्ने याेजनाकाे साथमा त्यहाँबाट रसुवाकाे ग्रे गाउँ हुँदै बाटाेमा सिमी खेती नियाल्दै ,भेडाबाख्राहरु चरेकाे दृश्य , सुन्दर हिमालकाे दृश्य हेर्दै लगभग ३० कि.मि. काे यात्रापछि झाेलुङ्गे पुल पार गरेर अध्याराे भईसकेकाे थियाे स्याप्रुबेसी अ‍ाईपुग्याै ।राति त्यतै बसियाे ।खाना खाईयाे । भाेलिपल्ट नास्ता गरेर काठमाण्डाैंकाे लागि बस टिकट काटेर धुन्चे हुँदै गल्छी ,धार्के भएर काठमाण्डाै अ‍ाईपुगियाे।३ दिनकाे हिडाई २ दिनकाे बसयात्रा थकाई लागेपनि सुन्दर मनमाेहक दृश्यहरु देख्दा मन अति नै प्रफुल्लित भयाे। यसरी हाम्राे ५ दिने रुबी भ्याली यात्रा कार्तिक १५ मा सम्पन्न भयाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here