पश्चातापको आँसु : एक प्रेरक कथा

प्रेरक कथा । हजरत अलीकोमा एउटा नोकर थियो । एक दिन ऊ मालिकको कुनै कुराले रिसायो र नोकरी छोडेर गयो । केही दिनपछि हजरत अली मस्जिदमा नमाज पढिरहँदा नोकर चुपचाप उनको पछाडि पुग्यो र तरबार निकालेर उनीमाथि प्रहार गर्‍यो।
हजरत अलीलाई गम्भीर चोट लाग्यो । केही मानिसले उनलाई उठाए र उपचार गर्न थाले । केहीले नोकरलाई समाते र हजरत अलीको अगाडि पेश गरे ।

यत्तिकैमा हजरत अलीलाई तिर्खा लाग्यो । उनले पानी मागे । मानिसहरुले दौडँदै गएर सर्बत लिएर आए । हजरत अलीको अगाडि गिलासमा सर्बत राखियो । तब उनले नोकरतिर इसारा गरेर भने–‘भाइ नरोऊ । गल्ती सबैबाट हुन्छ । लेऊ यो सर्बत पिऊ ।’

नोकरले उनको खुट्टा समातेर माफी माग्न थाल्यो । हजरत अलीले प्रेमपूर्वक उसको टाउकोमा हात राखे र भने–‘मेरो प्यारो भाइ, जसले आफ्नो गल्ती थाहा पाउँछ र भविष्यमा गल्ती नगर्ने फैसला गर्छ ऊ जिन्दगीमा धेरै माथि पुग्छ ।’
साभारः ‘विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरु’ पुस्तकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here