हलिउड फिल्म अवतार २ प्रर्दशन अघि नै चर्चाको शिखरमा

काठमाडौ । बहुप्रतीक्षित हलिउड फिल्म ‘अवतार द वे अफ वाटर’ले प्रर्दशन अघि नै राम्रो ब्यापार गर्ने अनुमान गरिएको छ । जेम्स क्यामरुन निर्देशित यस फिल्मले अमेरिकी बक्स अफिसमा मात्रै १५० मिलियन डलरको ओपनिङ गर्ने अनुमान गरिएको छ ।
डेडलाइन हलिउड म्यागजिनका अनुसार १७५ मिलियन डलर नजिकको ब्यापार हुने लक्ष्य राखिए पनि यसको न्यूनतम कमाइ १५० मिलियन डलर निश्चित हुन सक्नेछ । हालै गरिएको एक सर्वेक्षणमा ल्याटिनो, हिस्प्यानिक र काला जातिका ३० देखि ४० वर्ष उमेर समूहका दर्शकले यो फिल्म अत्याधिक रुपमा हेर्न चाहेको देखाएको छ ।
शनिबार मात्र गरिएको घोषणाअनुसार अमेरिकासँगै यो फिल्म अर्को ठूलो फिल्म बजार चीनमा समेत सोही मितिमा प्रदर्शन हुनेछ । धेरै हलिउड ब्लकबस्टर फिल्मलाई पन्छाएर चीनले अवतार २ लाई मात्र प्रदर्शनको अनुमति दिनुले पनि फाइदा हुने देखिन्छ ।‘
अवतार १’ले चीनमा थ्रीडी र आम्याक्समा गरेर २६० मिलियन डलरभन्दा धेरै कमाइ गरेको थियो । यो फिल्म ३ घण्टा १२ मिनेट लामो रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here