रुबीभ्यालीका वडा स्तरीय योजनाहरु पुस १५ गते सम्म सम्झौता गरि सक्न पालिकाको आग्रह

धादिङ । रुबीभ्याली गाउँपालिकाले आर्थिक बर्ष ०७९/८० का स्वीकृत भएका वडा स्तरीय कार्यक्रमहरुको उपभोक्ता समिति गठन गरि आवस्यक सम्पूर्ण कागजात र प्रक्रिया पूरा गरि मिति २०७९ पुस १५ गते भित्र सम्झौता गरि सक्न आज एक सुचना प्रकाशन गर्दै अनुरोध गरिएको छ ।

साथै तोकिएको समय अवधिमा योजना सम्झौता गर्न नआएमा उक्त योजनाहरु सम्बन्धित वडाहरुमा कार्यान्वयन नहुने प्रमुख प्रंशासकीय अधिकृत नवीन कुमार गोलेले होराईजन खबरलाई बताउनु भयो ।

थप जानकारीको लागि पालिका द्वारा प्रकाशित सुचनामा हेर्न सक्नु हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here